खाद्यान्न सहयोग गर्दै सेनाका कर्णेल राजेश थापासहित अन्य ।

हेटौंडाः मानवसेवा आश्रम हेटौंडामा खाद्यान्नको अभाव भएसँगै सामरीस्थित सुपारेटार ब्यारेकका कर्नेल राजेश थापाले सहयोग गर्नुभएको छ । उहाँले बुधबार २ सय किलो चामल, ५० किलो दाल, दुई कार्टुन तेल, चिनी र बिस्कुट सहयोग गर्नुभएको हो ।

मानवसेवा आश्रममा अहिले २ सय १० जना आश्रितहरु छन् । उनीहरुलाई दैनिक आवश्यक खाद्यान्न अभाव भएसँगै कर्नेल राजेश थापा स्वयं आश्रमै पुगेर सहयोग गर्नुभएको हो ।

मानव सेवा आश्रमका अभियान्ता होमनाथ पौडेलले अहिलेको परिस्थितिमा आश्रमलाई सहयोग गर्न सबैसँग आग्रह गर्नुभएको छ । गरिब, बेसहारा, अपाङ्गहरुलाई मानव सेवा आश्रमले सडकपेटीबाटै उद्दार गरेर खाना, नाना र छानाको व्यवस्था गर्दै आएको छ । साथै उद्दार भएकाहरुको परिवारको खोजि गरेर आश्रमले पारिवारिक पुनर्मिलन गराउँदै आएको छ ।