हेटौंडाः हेटौंडा–३, तिनताप्के स्थित पुर्व पश्चिम लोकमार्ग सडक खण्डबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हेटौंडा–३ का १८ वर्षीय सुशिल बर्तौला र मोरङ बिराटनगर महानगरपालिका–४ का २१ वर्षीय रविन कार्कीलाई प्रहरीले लागूऔषध नाइट्रोभेट ६० ट्याब्लेटसहित मंगलबार नियन्त्रणमा लिएको हो ।
हिडिरहेको अवस्थमा शंका लागेर प्रहरीले खानतलासी गर्दा नाइट्रोभेट बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । आफैले सेवन गर्नको लागि नाइट्रोभेट राखेको बताएको प्रहरी नायब उपरीक्षक रिमाले बताउनुभयो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।