सांकेतिक तस्विर ।

हेटौंडाः प्रहरीले चोरी र लागूऔषध गाँजा मुद्धाका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरको मिति २०७० फागुन ११ गतेको फैसलाले चोरी मुद्दामा ३ महिना १५ दिन कैद भुक्तान बाँकी रहेका हेटौडा–१९ को ३० वर्षीय सुमन पाख्रिनलाई पक्राउ गरेको हो ।

सोमबार प्रहरीले पक्राउ गरेर पाख्रिनलाई जिल्ला अदालत मकवानपुरमा उपस्थिति गराएको छ ।यसैगरी जिल्ला अदालत मकवानपुरको फैसलाले लागुऔषध गाँजा मुद्दामा एक लाख रुपैयाँ जरिवाना भुक्तान बाँकी भएको फरार प्रतिवादी रौतहट राजदेवी नगरपालिका–३ का २९ वर्षीय विनय गिरी भन्ने ब्रज किशोर गिरीलाई चैत्र १२ गते रौतहबाट प्रहरीले पक्राउ गरेको थियो ।

गिरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याएर सोमबार अदालतमा उपस्थिति गराइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।