हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको न्यायिक समिति अन्तर्गत सूचीकृत मेलमिलापकर्ताका लागि ३ दिने पुनर्ताजगी कार्यक्रम बुधबार सम्पन्न भएको छ । पुनर्ताजगी कार्यक्रमको पहिलो चरणमा वडा नम्बर ५ देखि १२ नम्बर वडा अन्तर्गतका सूचीकृत मेलमिलापकर्ता सहभागी थिए ।
३ दिने तालिममा सेलर्ड मकवानपुरका संयोजक जगन्नाथ सुवेदी, हेटौंडा उपमहानगरपालिकाका कानूनी सल्लाहकार अधिवक्ता मुकुन्दप्रसाद अधिकारी, न्यायिक समितिको उजुरी प्रशासक भिमप्रसाद तिमल्सिना र कानून अधिकृत सुजन तिमल्सिनाले सहजीकरण गर्नुभएको थियो । समापन सत्रलाई सम्बोधन गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाकी उपमेयर एवम् न्यायिक समितिकी संयोजक मीना कुमारी लामाले मेलमिलापकर्ताहरुको न्यायिक प्रक्रियामा ठूलो भूमिका रहने बताउनुभयो ।