हेटौंडाः मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिकामा आयोजित पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि जनता माविले जितेको छ । जनता माविले ९ स्वर्ण, ५ रजत र ६ कास्यसहित प्रथम भएको हो । जितसँगै जनता माविले प्रथम शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा ८ स्वर्ण, ७ रजत र ७ कास्यसहित सुर्य मावि द्वितीय भएको छ । द्वितीय भएसँगै सूर्य माविले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको आयोजक देवकी मावि ७ स्वर्ण, १० रजत र ७ कास्यसहित तृतीय भयो । तृतीय भएको देवकी माविले पनि शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै बागमती मावि ४ स्वर्ण, ५ रजत र ६ कास्यसहित चौथो हुँदा बाघभैरव मावि १ स्वर्ण ३ रजत र ३ कास्यसहित पाँचौं भएको छ ।
प्रतियोगितामा विजेता तथा उपविजेता खेलाडीले अब जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका समापन कार्यक्रम देवकी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हस्त थिङको सभाध्यक्षता तथा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनमाया स्याङ्तान, बागमती गाउँपालिकाको शिक्षा अधिकृत रमेश बिडारी, गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत रामप्रसाद सापकोटा र देवकी माध्यमिक विद्यालयका अध्यक्ष चन्द्र थापालगायतको आतिथ्यता रहेको थियो ।