सञ्जय न्यौपाने, लेखापाल, हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड

२२ मार्च विश्व पानी दिवस २०२१ को विषयवस्तु पानी मूल्यवान (भ्यालुइङ वाटर) छ । पानीको मूल्य यसको महत्वभन्दा बढी छ । पानीले हाम्रो घरपरिवार, खाना, संस्कृति, स्वास्थ्य, शिक्षा, अर्थशास्त्र र हाम्रो प्राकृतिक वातावरणको अखण्डताको लागि ठूलो र जटिल मुल्य राख्छ । यदि हामीले यी कुनै पनि मानहरूलाई बेवास्ता ग¥यौं भने, हामी यो सिमित, अपरिवर्तनीय संशाधनको दुरुपयोग गर्ने जोखिम लिन्छौं । दिगो विकासको लक्ष्य (एसडीजी) उपलब्धी सन् २०३० सम्म सबैका लागि पानी र सरसफाई सुनिश्चित गर्नु रहेको छ । यस वर्षको विषयवस्तु पानी मान्छेको लागि के हो, यो वास्तविक मूल्यवान वस्तु हो र हामी कसरी यस महत्वपूर्ण संशाधनको सुरक्षा गर्न सक्छौं भन्ने बारेमा छ ।

आज, पानी बढ्दो जनसंख्या, कृषि र उद्योगको बढ्दो माग र जलवायु परिवर्तन बिग्रँदै गइरहेका असरबाट चरम खतरामा छ । समाजले पानीको स्रोत र मागलाई सन्तुलनमा राख्ने क्रममा धेरै व्यक्तिको रुचिलाई ध्यानमा राखेको छैन । पानी मूल्यवान छ भन्ने विषय वस्तुलाई आत्मसाथ गर्दे सन् २०३० सम्ममा हेटौंडाको नगर क्षेत्रभित्र सबैको घरघरमा पानी र सरसफाईको सुनिश्चितता गर्न हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड, संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरी सहलगानीमा नगर क्षेत्रभित्र खानेपानीको व्यवस्थापन गर्न बोर्ड योजनाबद्ध ठंगले अगाडि बढाइरहेको छ ।

हाल यस खानेपानी व्यवस्थापन बोर्डबाट हेटौंडाको मुख्य बजार क्षेत्रमा दैनिक ३ समय (बिहान, दिउँसो र साँझ) करिब १० हजार धाराहरुमा पानी वितरण गर्र्दै आइरहेको छ । हेटौंडा उपमहानगरपालिकाअन्तर्गत् ८ वटावडाका सबै भूभाग वडा नं. १, १४, १५, १६, १७ र १९ का केही भुभाग भागहरुमा बसोबास गने करिब १ लाख ३५ हजार नगरबासीहरुलाई करिब २० हजार धाराहरुमार्फत् दैनिक १ करोड ७० लाख लिटर पानी उत्पादन गर्दै सरदर ६ देखि ७ घण्टा वितरण गर्दे आइरहेको छ । हेटौंडा उपमहानगरपालिका विस्तार भएसँगै थप भएका वडाहरुमा खानेपानीको पहुच पुर्‍याउनु पर्ने दायित्व बोर्डको रहेको छ । बोर्डले यसलाई अवसर र चुनौतीको रुपमा स्वीकार्दै आएको छ । हाल बोर्डको सेवा नपुगेका वडा नं. ३, ११, १२, १३ र १८ गरी ५ वटा वडाहरुमा स्थानीयस्तरका खानेपानी उपभोक्ता समितिहरुबाट खानेपानीको व्यवस्थापन हुदै आइरहेको छ ।

बोर्डको सेवा क्षेत्रभित्र र बोर्डको सेवा क्षेत्रबाहेक नगर क्षेत्रभित्र बसोबास गर्ने नगर बासीहरुलाई सर्वसुलभ रुपमा खानेपानीको सेवा उपलब्ध गराउने क्रममा हाल स्थानीय सरकार, जिल्ला समन्वय समिति मकवानपुर, बागमती प्रदेश सरकार र संघीय सरकार संगको सहलगानीमा खानेपानी आयोजना सञ्चालन हुँदै आइरहेको छ ।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डबाट चालु आ.व.को २०७७/०७८ को दोस्रो चौमासिक अबधिसम्ममा बस्तीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट सञ्चालित खानेपानी आयोजना यस बोर्डमा हस्तान्तरण गरी लिने कार्य, कार्यालयको लागि आवश्यक पर्ने विभिन्न साइजको करिब ४१९०० मिटर पाइप बोलपत्रको माध्यमबाट खरिद कार्य, भीमफेदी गाउँपालिका वडा न. १ स्थित सामरीमा सुपारेटार व्यारेकदेखि दक्षिण पश्चिम साइडमा नेपाली सेनाले उपलब्ध गराएको जग्गामा समवेल निर्माण गरिएको छ ।

उक्त समवेल निर्माण गर्न १ करोड २५ लाख खर्च भएको छ । समवेल सञ्चालनपश्चात् दैनिक बजार क्षेत्रमा २७ लाख लिटर पानी थप गर्ने कार्य, हेटौंडा वडा नं. १४ नयाँबस्तीमा उपभोक्ताहरुसँगको सहकार्यमा डीआई पाइपलाइन विस्तार कार्य सम्पन्न गरेको छ भने बोर्डको सेवाक्षेत्र अन्तर्गत् वडा नं. ७, ९, १४ र १५ मा विभिन्न संरचनाहरु निर्माण र मर्मत कार्यहरु, नगर क्षेत्रभित्र उपभोक्तहरुसंगको सहकार्यमा मेन तथा शाखा पाइप लाइन विस्तार कार्यहरु, पाइप लाइन सुधार विस्तार तथा पुरानो जिर्ण पाइप परिवर्तन कार्य, संस्थागत पुन संरचना अध्ययन तथा पदपूर्ति कार्यअन्तर्ग्त अन्य कार्य, सामाजिक उत्तर दायित्व अन्तर्गत हेटौंडा १० गोरक्षेश्वर मन्दिर, राप्ती तटमा रहेको शवदाह स्थलमा खानेपानीको व्यवस्थापन गर्ने कार्य, जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा उपमहानगरपालिका र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सहलगानीमा हेटौंडा वडा नं. १४ बनेलधापमा ३०० घ.मि.को पानी टंकी निर्माण लगायत पाइप लाइन विस्तार कार्य, बागमती प्रदेश सरकार, हेटौंडा उपमहानगरपालिका र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डबीचको सहलगानीमा नगरका विस्तारित वडाहरुमा खानेपानीको पूर्वाधार निर्माणअन्तर्गत् टंकी निर्माण–हेटौंडा वडा नं. १२ आल्दमारमा २०० घनमिटर, हेटौंडा वडा नं. १६ त्रिभुवन नगरमा ४ सय घनमिटर डिप बोरिङ निर्माण, हेटौंडा वडा नं. १३ ठूलोथलीमा सम्मवेल निर्माण ।

यस्तै हेटौंडाको बसामाडी, नवलपुर, बस्तीपुर र पदमपोखरीमा गरी ५ वटा खानेपानी आयोजना रहेका छन् । विद्युतीकरण तथा मेन तथा शाखा पाइपलाइन विस्तार कार्य हेटौंडा वडा नं. १८ हर्नामाडीलगायत अन्य वडाहरु कार्यहरु भइरहेको छ भने संघीर सरकार, हेटौंडा उपमहानगरपालिका र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डबिचको सहलगानीमा भइरहेको खानेपानीको पूर्वाधार निमाण कार्यअन्तर्गत् टंकी निर्माण – हेटौंडा–२ हरिकुञ्जमा ५०० घ.मि.को ग्राउण्ड टंकी, हेटौंडा ५ रुद्रेश्वरमा ५०० घ.मि. को ग्राउण्ड टंकी, हेटौंडा १० टि.सि.एनमा ४५० घ.मि.को ओभर हेड टंकी, हेटौंडा १५ मा ५०० घ.मि. को ग्राउण्ड टंकी, डिप ट्यूवबेल निर्माण – हेटौंडा वडा नं. ७ नागस्वती, किरण चोक २ वटा, हेटौंडा वडा नं. ८ कमानेमा १ वटा र हेटौंडा वडा नंं १० टीसीएनमा १ वटा, पानी शुद्धिकरण- हेटौंडा ५ रुद्रेश्वर मन्दिर परिसरमा र अन्य – विद्युतीकरण तथा मेन तथा शाखा पाइप लाइन विस्तार कार्यहरु करिब ९० प्रतिशत’ निमाण कार्य सम्पन्न भई सकेको छ ।

चालु आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्ममा सेवा क्षेत्रभित्र १ थान डिप ट्यूबबेल निर्माण कार्य, नगरक्षेत्रभित्र विभिन्न स्थानहरुमा पुनर्भरण (रिचार्ज पोखरी) निर्माण कार्य, विभिन्न स्थानमा रहेको मुहानहरुको संरक्षण कार्य, खानेपानी गुणस्तरसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन, आवश्यकताको आधारमा अन्य सेवा अध्ययन तथा परामर्श सेवा (ल.ई., ड्रोइङ, डिजाइन, सम्भाव्यता अध्ययन) लिने कार्य, कार्य सम्पादनलाई छरितो बनाउन, आवश्यक सामग्रीहरु ओसारपसारलाई सहज बनाउन सथैे पूर्वाधार विकास तथा कार्यक्षेत्र विस्तासमेतका लागि सवारी साधन खरिद गर्ने, हेटौंडा उपमहानगरपालिकाभित्र उपभोक्ता समितिमार्फत् सञ्चालित योजनाहरु बोर्डमा हस्तान्तरण भई आउन चाहेमा प्रोत्साहन गर्ने र उपमहानगरपालिका क्षेत्र भित्र क्रमशः बोर्डको सेवा विस्तार कार्यलाई निरन्तरता दिने कार्य रहेको छ ।

अल्पकालीन सोचाई (आगामी ३ देखि ५ वर्षभित्र)
वार्षिकरुपमा कम्तीमा १ थान डिप ट्यूववबेल निर्माणको कार्यलाई निरन्तरता दिने, बोर्डको सेवा क्षेत्रबाहेकका वडाहरुमा खानेपानीको योजना सञ्चालनका लागि आवश्यक डीपीआर तयार गरी क्रमश खानेपानीको सेवा विस्तार गरिनेछ, बोर्डबाट वितरण गरिने पानीको गुणस्तरमा क्रमशः सुधार गर्दे लगिनेछ, उपमहानगरपालिका क्षेत्रमा विच्छ्याइएका धेरै पुराना पाइपहरु क्रमश परिवर्तन गर्ने र अन्य नया“ पाइपलाइन विस्तारका योजनाहरु अगाडि बढाउने, बोर्डको सेवा क्षेत्र विस्तार गर्दै लगिनेछ ।

दीर्घकालीन सोचाई (आगामी १५ वर्षभित्र)
हाल बजार क्षेत्रमा विच्छाइएको पुरानो पाइपलाइनहरु क्रमशः सुधार तथा नयाँ पाइपलाइन विस्तार कार्य गरिनेछ । बोर्डको सेवा क्षेत्रभित्र १० देखि १२ घण्टा सफा स्वच्छ खानेपानी उत्पादन गरी वितरण गर्न आवश्यक गृहकार्य अगाडि बढाइने छ, हेटौंडा उपमहानगरपालिकाको सेवा क्षेत्रभित्रका सम्पूर्ण वडाहरुमा सफा स्वच्छ खानेपानी उत्पादन वितरण कार्य गर्नको लागि आवश्यक गृहकार्य अगाडि बढाइने रहेको छ ।