हेटौंडाः हेटौंडा–४ स्थित श्रमिक माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा ८ सम्मका छात्रा तथा कक्षा १० सम्मका दलित गरी १ सय ३६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो ।
शैक्षिक सत्र २०७७ का लागि नेपाल सरकारबाट प्राप्त छात्रवृत्तिबापतको रकम विद्यार्थीलाई वितरण गरिएको छ । विद्यालयले कक्षा १ देखि ८ सम्मका छात्रा तथा दलित विद्यार्थीलाई प्रतिविद्यार्थी ३ सय ३५ रुपैयाँका दरले छात्रवृत्ति रकम बाँडेको छ । यस्तै, कक्षा ९ र १० का दलित विद्यार्थीलाई प्रतिविद्यार्थी ४ सय रुपैयाँका दरले छात्रवृत्तिबापतको रकम प्रदान गरेको छ । १ सय ३६ जना विद्यार्थीलाई विद्यालयले ४६ हजार ४ सय रुपैयाँ वितरण गरको विद्यालयका लेखापाल विमल श्रेष्ठले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवेन्द्रप्रसाद कोइरालाको सभाध्यक्षतामा भएको छात्रवृत्ति वितरण कार्यक्रम हेटौैंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलेका प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चतुर्भुज उपाध्याय, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक, अभिभावक तथा विद्यार्थीको उपस्थिति थियो ।