हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकाले आफ्नै पेट्रोल पम्प संचलानमा ल्याएको छ ।

विगत डेढ वर्षदेखि गाउँपालिकाले आफ्नै कामको लागि पेट्रोल पम्प संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष सर्केश घलानलले जानकारी दिए ।

२६ हजार लिटरको टैंक राखेर पम्पबाट आवश्यक डिजेल वितरण हुँदै आएको अध्यक्ष घलानको भनाई छ ।

गाउँपालिकाले ९ लाख रुपैयाँको लागतमा पेट्रोल पम्प संचालनमा ल्याएको हो । गाउँपालिकाको सवारीमा सोही पम्पबाट डिजेल हालिने गरेको उनले बताए ।