हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिको आइतबारको खेलमा एपिएफले हार ब्यहोरेको छ ।

२–१ गोलले एपिएफलाई हराउँदै बागमती युवा क्लब, सर्लाही प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको हो । हारसँगै नेपाल एपिएफ क्लब प्रतियोगिताबाट बाहिरिएको छ । आइतबारको खेलको म्यान अफ दी म्याच बागमती युवा क्लबका विक्रम धिमाल घोषित भए । उनले नगद दश हजार प्राप्त गरे ।

सेमिफाइनल प्रवेश गर्न अब बागमती युवा क्लब सर्लाहीले अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुनसँग चैत्र ३ गते प्रतिस्पर्धा गर्नुपर्नेछ ।

चैत्र २ गते संकटा क्लब र मच्छिन्द्र क्लबबिचको खेल हुने छ । खेलको विजेता प्रतियोगिताको सेमिफाइनमा प्रवेश गर्नेछन् । यसअघि मकवानपुर–११ र नेपाली आर्मी क्लब सेमिफाइनल प्रवेश गरिसकेको छ । खेलको फाइनल खेल चैत्र ७ गते हुनेछ ।