कार्यक्रममा सहभागीहरु ।

हेटौंडाः युवाहरुको जीवनमा आउनसक्ने विभिन्न प्रकारका विपद् जोखिम न्यूनीकरणसम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । ग्रामीण महिला सेवा केन्द्रको आयोजनामा अभिमुखीकरण भएको हो ।

युवाहरुलाई आउनसक्ने विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनसम्बन्धी अभिमुखीकरणको मणिप्रसाद सुवेदीले सहजीकरण गर्नुभएको छ । जोखिम न्यूनीकरणका उपाय तथा त्यसको पूर्वतयारीका बारेमा युवाहरुलाई सचेतना प्रदान गर्ने उद्देश्यले तीन दिने अभिमुखीकरण कार्यक्रम गरिएको बताइएको छ ।

अभिमुखीकरणमा विपद्को पूर्वचेतावनी प्रणाली, जोखिम न्यूनीकरण, विपद्पश्चात उद्दारबारे महत्वपूर्ण जानकारी हासिल गरेको सहभागी युवाहरुको प्रतिक्रिया रहेको थियो । अभिमुखीकरणमा केन्द्रका प्रमुख दीपक न्यौपानेको उपस्थिति थियो ।