जिल्ला अदालतको नयाँ सुविधासम्पन्न भवन निर्माण हुँदै ।

हेटौंडाः जिल्ला अदालतको नयाँ सुविधासम्पन्न भवन निर्माण हुने भएको छ । करिब एक महिनाअघि भवन निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता भएपछि निर्माण कार्य सुरु भएको छ । १८ करोड १२ लाख ३३ हजार रुपैयाँ लागतमा अदालतको ६ तले भवन निर्माण सुरु भएको श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

कविन्द्र/नवसृजनशील/लेट जेभीले भवन निर्माणको जिम्मा लिएको छ ।२०७७ माघ २२ गते भवन निर्माण सम्झौता गरिएको हो । निर्माण सम्झौता भएको ३० महिनाभित्र भवन निर्माण पूरा हुनेगरी सम्झौता भएको श्रेस्तेदार भट्टराईले बताउनुभयो । नयाँ भवन निर्माण भएपछि अदालतमा ७ वटा न्यायाधीशसहित ७ वटा इजलास रहने उहाँले बताउनुभयो ।