हेटौंडाः सुरक्षित आप्रवासन परियोजना (सामी) ले हेटौंडामा मंगलबार अर्धवार्षिक समिक्षा गोष्ठी गरेको छ ।
चालु वर्षको श्रावण महिनादेखि माघ महिनासम्म परियोजनामार्फत मकावानपुर जिल्लाका ११ सय ६७ जनालाई सुरक्षित वैदेशिक रोजगर परामर्श सेवा प्रदान गरिएको हो । चालु वर्षको ६ महिनामा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा राहधानी बनाउन आउने २ हजार १ सय ५९ जनामध्ये आप्रवासन सेवा केन्द्रले १ हजार १ सय ६७ जनालाई मात्रै वैदेशिक रोजगार सम्बन्धी परामर्श सेवा दिन सकेको हो ।
यस्तै सामी परियोजना अन्तर्गत वैदेशिक रोजगारी गरी फर्किएका रिटना स्वंयसेवकहरुमार्फत जिल्लामा १२९ घरधुरीका २ हजार ५९ जनालाई र व्यक्तिगत भेट गरेर ७ सय ६७ जनालाई वैदेशिक रोजगारी सम्बन्धी सुचना प्रवाह भएको गरिएको छ । सुचना प्रवाह गर्ने क्रममा स्वेदशमा कागजपत्र छाडेर नगएका १४ जनाले विदेशबाट काजगपत्रहरु मगाएका छन् । एकिकृत ग्रामिण विकास सेवा मकवानपुरद्धारा सञ्चालित सामी परियोजना मकवापनुरको हेर्टौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी र बकैया गाउँपालिकामा सञ्चालित छ ।
गोष्ठीलाई सम्बोधन गर्नु हुँदै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले स्थानीय सरकारले परियोजनाको कार्यक्रमलाई आवश्यकताका आधारमा निरन्तरता दिने बताउनुभयो । बकैया गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पूडासैनीले परियोजनाको आवश्यक अनुगमन गर्न नसकिएको भन्दै आवश्यक समन्वय बढाएर अनुगमन गरिने बताउनुभयो । अर्धवार्षिक समिक्षा उपलब्धि मुलकनै भएपनि असुरक्षित रुपमा विदेश जानेहरुलाई रोक्न जरुरी रहेको उहाँको भनाई थियो । हेटौंडा–१७ का वडाअध्यक्ष भैरब बहादुर राईले नेपालबाट नभई अन्य देशहरुबाट विदेशीदा नागरिकहरुले दुः पाएको बताउनुभयो । विदेशमा भनेजस्तो कामहरु नपाएको, बिचौल्यीका कारण रकम फसेको जस्ता धेरै उदाहरणहरु रहेको भन्दै असुरक्षित रुपमा विदेश जानलाई परियोजनाले रोक्नुपर्नेमा जोड दिनुभयो । उहाँले परियोजनाले आम जनतामा चेतना जगाउने कार्यक्रम गर्ने तथा वैदेशिक रोजगार सम्बन्धी परामर्श दिने कार्य नै महत्वपूर्ण रहेको बताउनुभयो ।
गोष्ठीमा बोल्नुहुँदै जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गत्तौलाले पछिल्लो समय मकवानपुर जिल्लामा राक्सिराङ गाउँपालिकाबाट राहधानी बनाउने आउनेहरुको संख्या बढी रहेको भन्दै उनीहरुलाई परामर्शको सख्त आवश्यकता भएको बताउनुभयो । राहधानी बनाउन आउँदा कुन देश जाने भन्नेसमेत थाहा नहुने तथा दुत्र राहधानीको लागि सिफारिस लिन आइरहेको उहाँको भनाई छ । वैदेशिक क्षेत्रमा रोजगराको लागि जानुभन्दा पहिले नै सुरक्षित हुने उपायहरु बारे त्यस्ता लक्षित वर्गलाई परामर्श दिनुपर्ने बताउनुभयो ।
सामी परियोजनाका संयोजक अन्जिता थापा मगरले चालु वर्षको ६ महिनामा ७१ वटा न्यायको लागि निवेदन परेको बताउनुभयो । जसमध्ये ३८ वटा समाधान भएको, २ वटा केश बन्द भएको बताउनुभयो । यस्तै वैदेशिक रोजगार विभाग र बिमाबाट आर्थिक सहायत प्राप्त गर्ने ९ जना रहेको संयोजक थापाले जानकारी गराउनुभयो । यस्तै सामी परियोजनाले सुचनामा नागरिकको पहुँच पुर्याउनुका साथै सिपमा पहुँच, न्यायमा, मनोसामाजिक परामर्श र वित्तय साक्षरता पनि प्रदान गर्दै आएको छ । सामी परियोजनाले चालु अर्धवार्षिक सम्म हेटौंडा उपमहानगरपालिका सँग सम्झौता भएको ५१ लाख ९९ हजार मध्ये ४० प्रतिशत अर्थात २० लाख ५८ हजार रुपैया खर्च गरेको छ । थाहा नगरसँग सम्झौत भएको १७ लाख ९६ हजार मध्ये ३५ प्रतिशत अर्थात ६ लाख २० हजार खर्च गरेको छ । मनहरी गाउँपालिका १७ लाख ९६ हजार मध्ये ४० प्रतिशत अर्थात ७ लाख १४ हजार खर्च भएको छ भने बकैया गाउँपालिकासँग सम्झौता भएको १७ लाख ९६ हजार मध्ये ४० प्रतिशत रकम खर्च भएको जनाएको छ ।
एकिकृत ग्रामिण विकास केन्द्र मकवानपुरका अध्यक्ष सीता विष्टको अध्यक्षतामा भएको अर्थवार्षिक गोष्ठीमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमख आतिथ्यता रहेको थियो । कार्यक्रममा थाहा नगरका उपप्रमुख खड्ग गोपाली, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, बकैया गाउपालिकका उपाध्यक्ष सरला बोलखे, हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका प्रमुख भीम तिमल्सिना लगायत विभिन्न संघसंस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।