हेटौंडाः हेटौंडाबाट प्रकाशन भइरहेको समृद्ध समाज राष्ट्रिय दैनिकको कार्यालयमा सञ्चारगृहको लैंगिक र सुरक्षासम्बन्धी छलफल भएको छ । मानवअधिकार सञ्चार प्रतिष्ठान नेपाल (इह्रिकन) को आयोजनामा छलफल कार्यक्रममा भएको छ । कार्यक्रममा सञ्चार संस्थाहरुले आन्तरिक नीतिहरु निर्माण गर्दा लैंगिक समावेशी र सुरक्षा सम्बन्धमा आवश्यक लेखाजोखा गर्नुेपर्ने इह्रिकनका निराजन नेपालीले बताउनुभयो ।

लैंगिक र सुरक्षासम्बन्धी सहजकर्ता गोविन्द पौडेलले सञ्चालरगृहमा लागू भएका लैंगिक नीति तथा सुरक्षाका बारेमा प्रष्ट पार्नु भएको थियो । उहाँँले सञ्चारगृहले आन्तरिक नीति बनाएर विश्लेषण गर्दा सञ्चारगृह थप व्यवस्थित हुने बताउनुभयो । यस्तै, सञ्चारगृहले आन्तरिक आचारसंहिता लागू गर्ने, कर्मचारीलाई नियुक्तिपत्र दिने, कर्मचारीहरुको दुर्घटना बिमा गरिदिने तथा सुरक्षित हुने आभाष दिलाउन सञ्चारगृह प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

समृद्ध समाज दैनिकको नेतृत्व समावेशिताका आधारमा गराइएको तथा महिलालाई पनि नेतृत्व दिएकोमा उहाँँले खुशी व्यक्त गर्नुभयो । समृद्ध समाज राष्ट्रिय दैनिकको कार्यालयमा भएको कार्यक्रममा लैंगिक र सुरक्षासम्बन्धी आन्तरिक नीति लेखाजोख गर्नको लागि निर्माण गरिएको १७ वटा औजारहरु र सुरक्षका उपायहरुको १३ वटा औजारहरुमा छलफल गरिएको थियो ।

छलफलका क्रममा संस्थाले दिएको जिम्मेवारीलाई अवसरका रुपमा लिएको कार्यरत कर्मचारीहरुले बताएका थिए । कार्यक्रममा समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठलगायत संस्थामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।