हेटौंडाः निजी क्षेत्रबाट सञ्चालित अस्पतालका सञ्चालकहरु संगठित भएका छन् । बिहीबार भएको भेलाले मकवानपुर सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जनको अध्यक्षतामा ५ सदस्यीय एसोसिएसन अफ प्राइभेट हेल्ड इन्स्टिच्युसन अफ नेपाल (अफिन) को मकवानपुर जिल्ला तदर्थ समिति गठन गरिएको छ ।
तदर्थ समितिको सदस्यमा हेटौंडा मोडेल हस्पिटलका डा. बसन्तमान श्रेष्ठ, सिटी हस्पिटलका डा. बसिम राई, चुरेहिल हस्पिटलका नारायणलाल श्रेष्ठ र सञ्चो हस्पिटलका लक्ष्मण अधिकारी सदस्य छन् । निजी क्षेत्रबाट सञ्चालित अस्पतालको क्षमता विकास, आपसी सहकार्य र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई सुरक्षित तवरबाट सेवा प्रदान गर्ने वातावरण निर्माण गर्न संगठित भएको तदर्थ समितिका अध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिनुभएको छ । मकवानपुर जिल्लामा निजी क्षेत्रबाट ५ वटा अस्पताल सञ्चालित छन् । अफिनको राष्ट्रिय समितिको अध्यक्षमा नर्भिक अस्पतालका सञ्चालक बसन्त चौधरी हुनुहुन्छ ।