हेटौंडाः प्रणय दिवसको अवसरमा जेसीआई हेटौंडा लेडीले आइतबार हेटौंडा–२ स्थित ओम वृद्धाश्रमलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । समाजका ज्येष्ठ नागरिकप्रति प्रेमभाव प्रकट गर्दै खाद्यान्न सामग्री सहयोग गरेको जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिनुभएको छ ।
हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यमा २० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ । जेसीआई हेटौंडा लेडीकी प्रमुख सल्लाहकार रश्मि बस्नेतको समेत उपस्थिति रहेको कार्यक्रमको संयोजक रञ्जिता विष्ट रहनुभएको थियो ।