हेटौंडा: हेटौंडामा जारी भिडोल विजय युथ हेटौंडा गोल्डकपमा बुधबार अन्तिम सेमिफाइनल खेल हुने भएको छ । बुधबार दिउँसो ३ बजे आयोजक एफ.सी विजय युथ र बागमती युवा क्लब सर्लाहीबिच खेल हुनेछ ।
गोल्डकपको फाइनलमा सेन्ट्रल कलेज, बिएफ.सी भरतपुर यसअघि पुगिसकेको छ भने बुधबार विजयी हुने टिमले माघ २३ गते बिएफ.सी भरतपुरसँग फाइनल खेल खेल्नेछ । खेल हेटौंडाको बन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुनेछ ।
१० टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेता हुने टिमले नगद ३ लाख रुपैयाँसहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता बन्ने टिमले नगद १ लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक राजेश भेटवालले जानकारी दिनुभयो ।