यो आलेख प्राध्यापक संघको चुनावमा रणनीति तयार गर्नुपर्ने समय खर्च गरेर तयार पारिएको हो । २०६४ सालदेखि आजका दिनसम्म आउँदा पर्दाभित्रका धेरै कथाहरु बुझियो । संगठनको अध्यक्षका अतिरिक्त प्राध्यापक संघको उपाध्यक्ष र अध्यक्ष भएर छ वर्ष बिते । आफ्नो स्वार्थ बाहेक सकेसम्म प्राध्यापक र संस्थाको अहितमा साँच्ने कुरो पनि भएन । यत्तिसम्म कि कसैले हिटलर समेत भन्न भ्याए । नेतृत्वको हैसियतले प्राध्यापकको अहित सोँच्न पनि सकिन्थे । सँगसँगै संस्था भित्रको दुर्गति निमिट्यान्न गर्नु थियो ।
मकवानपुर क्याम्पस हामी सबैको जीवन हो । यो मकवानपुरे जनताको रगत पसिनाले सृजना भएको हो । संस्थामा प्रवेश गर्दा एकजना चिनजान गर्ने अवसर प्राप्त गर्ने मौका मिलेन । बुझ्नेले के बुझ्नु भयो बुझ्नेलाई थाहा होला । यो प्राज्ञिक थलो हो । पात्र गौण कुरा भयो । अविरल बग्ने नै भयो । जब २०६४ सालमा संस्था भित्र प्रवेश भयो । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल अध्यक्ष हुनुहुन्थ्यो । जब प्रवेश भयो । अचम्म लाग्यो । अन्य पार्टी र आदर्शको कुरा छोडौं । हाम्रो संगठन, पार्टी र संस्थाको व्यवहार शैली दुःखपूर्ण थियो । प्राध्यापकहरु बोल्न करोडौं पटक सोँच्नु पर्ने रहेछ । स्वतन्त्रताको अनुभव गर्न सकिएन । डर त्रासको वातावरण रहेछ । तलब, सेवा, सर्त दिए खाने, नदिए हेरेर बस्नु पर्ने रहेछ । बिधि, संस्थाको नियम व्यक्ति अनुसार परिवर्तन हुन्थे । हामी तीन वर्षमा स्थायी हुनुपर्ने थियो । जब समय आयो नियम परिवर्तन भयो । को ईमानदार, को थोरै न्यून कसले कसरी ठम्याउने ? प्राध्यापक सोझो हेरेर बोलेका आजसम्म देखेको छैन ।
यतिसम्म कि संगठनमा नेतृत्वको निर्माण कोठरीबाट टीका लाउनु पर्ने रहेछ । मन र भावना सबै तिलाञ्जली हुन्थे । कोहि नबोल्ने । सबै बिना हिच्किचाहट ताली बजाइदिनुपर्ने रहेछ । कसैले दिए संगठनको अध्यक्ष, उपाध्यक्ष, चिफ, सहायक सबै हुने प्रथा रहेछ । नदिए जतिसुकै क्षमता होस्, इमानदार होस् आकाशको शीत हेरेर बस्नु पर्दो रहेछ । प्रशासनको नेतृत्व गर्नु हुने प्राध्यापकको समेत आफ्नो सेवा सर्त दिए हात थाप्ने, नदिए हेरेर बस्ने बाहेक केहि हुँदैन । जसले इतिहास रच्नु भयो ती मित्रहरूको योग्यताको प्रश्न होइन । सबैको समाधानको शुत्र शक्ति निर्माण नै थियो ।
दिनहरु क्रमशः बित्दै गए । प्रगतिशीलले अध्यक्ष बनायो । त्यो रोक्न असमर्थ भएको पक्कै हो । प्राध्यापक संघको अध्यक्ष भएदेखि एकछत्र कोहीसँग सम्झौता भएन । आज क्याम्पसमा सबै प्राध्यापकहरु बोल्न र मुकाविला गर्न सक्ने सामथ्र्य भयो । प्राध्यापक संघले प्राध्यापक र संस्थाको अहितमा जसरी पनि जुध्न सक्छ भन्ने विश्वास दिलायो । प्राध्यापकले प्रश्न गर्ने ठाउँ नहुनु पर्ने हो । बाँकी प्राध्यापक संघसँग के क्षमता हुन्छ ?
आफूले नेतृत्व गरेको प्राध्यापक संघको कार्यकाल पुस १० गते सकिँदै थियो । नेतृत्वमा टाँसिएर बस्यो भन्ने आरोपको सामना गर्न नपरोस् भनेर आफैं अग्रसर भएर कार्यकाल सकिएको भोलिपल्टै अर्थात पुस ११ गते अधिवेशन आव्हान गरेर सौहाद्र्ध वातावरणमा कार्यकाल पूरा गरियो । यस किसिमको अभ्यास एउटा नयाँ इतिहास नै बन्यो । पारिवारिक दबाव र आफ्नो करियरका कारण छोड्नुपर्ने थियो । अर्कोतर्फ प्राध्यापक संघको नेतृत्व सिफारिस गर्ने संगठनको दबाव आयो । जसरी पनि नेतृत्व गर्नुपर्छ । छोड्नु हुँदैन । संगठनको सचिवालयले अध्यक्ष बनाउने अनौपचारिक निर्णय गर्यो । पुनः औपचारिक निर्णय भयो । संगठनको पूर्ण कमिटीमा हुनुहुने ११ जना, सल्लाहकार समेतले मलाई सर्वसम्मत रुपमा दोस्रो कार्यकालका लागि उम्मेद्वार बनाउने निर्णय भयो ।
प्रगतिशीलका अध्यक्ष आफैं आकांक्षी हुनुपर्ने अवस्थामा समेत उहाँले सहजै मलाई नै दोस्रो कार्यकालका लागि नेतृत्व लिन सिफारिस गर्ने निर्णय गर्नुभयो । प्रगतिशील प्राध्यापक संगठनमा आवद्ध ४३ जनाको पूर्ण भेलामा ३७ जनाको उपस्तिथि भयो । प्रशासनमा नेतृत्व गर्नुहुने एकजनाले प्रत्यक्ष रूपमा आलोचना गर्नु भयो । अर्को प्रशासनमा रहनु हुने मित्रले म पनि अध्यक्ष हो भन्न समेत भ्याउनु भयो । आफ्नो मित्र भएकोले धेरै टिप्पणी गर्ने कुरा पनि भएन । उहाँले फिर्ता लिनुभयो । पूर्ण भेलाले सर्वसम्मत निर्णय भयो । करिब एक सयको संख्यामा रहेको प्राध्यापकज्यूहरुमा एकजनाको पनि बिमति हुँदा प्राध्यापक संघको नेतृत्व गर्ने कुरा आएन । यो विश्राम लिने उपयुक्त समय थियो ।
यो प्राध्यापक संघको निरंतरताले सानो ठूलो सबै सिंहदरबार हल्लिएछ । प्रशासनको निद सकिएछ । संगठनका साथीहरू बागी खडा गरियो । ती सबै मेरा मित्र हुनुहुन्छ । संगठनको मूल्य विपरित जानु संगठनको सिद्धान्त विपरित हुनुले भविष्यमा के होला नहोला छोडौं । एउटा प्रश्न खडा भएको पक्का हो । कस्ता पात्रहरुलाई इतिहासमा नेतृत्व सुम्पिएछौं । अरुको आडमा प्रशासन सोझै प्रस्तुत हुनुभयो । हुने केहि होइन । सफल भएपनि केहि सकिँदैन । प्राध्यापकज्यूहरुको क्याम्पसमा बिना डर, संकोच कुनै त्रास प्रवेश गर्ने अधिकारको रक्षा बाहेक केहि हुँदैन । अझ असल नेतृत्व गर्नेको रगत पसिना छुट्ने बाहेक के हुन्छ र ? पराजित गर्न सके अर्को युगीन सफलता प्राप्त होला भन्नेको सोँच पूरा होला । पराजित भए के हुने होला । एउटा सानो प्राज्ञिक थलोमा जुनसुकै पद प्राप्त गर्नु र नगर्नुले कुन अर्थ लेला ।
नेतृत्वमा पुग्न सबैलाई समान अधिकार छ । प्रश्न हो हासिल गर्ने कसरी ? प्राध्यापक संघ प्रक्रिया मात्र होइन । यो एउटा आस्था पनि हो । प्राध्यापक संघको नेतृत्व स्वतन्त्र रूपमा बिना हस्तक्षेप निर्माण हुनुपर्छ । प्रशासनको प्रत्यक्ष हस्तक्षेपमा सबैले बुझ्ने शैलीमा निर्माण भए प्राध्यापकको स्वाभिमान के हुन्छ ? प्राप्त के होला । जोसुकै हामी भएपनि बाँकी के हुन्छ । हुनेलाई पनि “नखाउ दिनभरिको सिकार” भन्ने लाग्छ । अर्कोतर्फ प्रशासन कसरी सफल हुन्छ । निर्णय प्रक्रियामा प्रभाव पर्ला । तर प्राज्ञिक छलफल हुने खुल्लाचौर कसरी सफा हुन्छ ? द्वन्द्व आफैं निर्माण गर्ने प्रशासनको कार्यकालको चिन्ता होइन संस्थाको जीवनसँग र लाखौंलाख आउने कर्णधारहरुको क्षमतासँग सम्बन्धित छ । सानो ठाउँमा को कस्ता छौं, कसको क्षमता कस्तो सबैले बुझ्ने नै छन् ।
हामी नेतृत्वमा जोसुकै पुगे पनि हाम्रो सञ्चालक समिति, प्रशासन र प्राध्यापक संघको स्वतन्त्र बहसले संस्था निर्माण हुन्छ । फल्छ । फुल्छ । सबै एक अर्कामा खुसी हुनुपर्छ । सबै एकअर्कामा स्वतन्त्र हुनुपर्छ । हाम्रो लक्ष्य निरन्तर अगाडि बढी रहन्छ । पहिलो शर्त प्राध्यापकज्यूहरुलाई स्वतन्त्र रूपमा प्राज्ञिक थलोमा प्रवेश गर्ने वातावरण निर्माण हुनुपर्छ । जुनसुकै जोसुकै जस्तो दर्शनले सुशोभित हुनु किन नपरोस् । दोश्रो प्राध्यापक कर्मचारीको न्युनतम तलब, सेवा सर्त नियमित रूपमा कसैलाई चाकरी र दर्शन भेट नगरी गरिदिनुपर्छ । तत्पश्चात संस्थामा नीतिगत बहस हुन्छ । समाजले हेर्दा संस्था चलिरहन्छ । शुन्य एक्टिभिटीमा पनि समय अगाडि बढी रहन्छ । हामी हुनु र नहुनूमा फरक देखाउनु पर्छ । नेतृत्वमा रहनु हुने हाम्रो सञ्चालकज्यूहरु, क्याम्पस प्रशासन , प्राध्यापक संघले सबैको मन जित्नु पर्छ । जित्न सक्नुपर्छ । अनिमात्र हामी पुजिन्छौं । दबाएर, तर्साएर, प्रलोभनमा पारेर, हुकुमी शैलीमा प्रस्तुत भएर को डराउने ? किन डराउने ? अन्ततोगत्वा आफैं तर्सिएर बस्नुपर्छ । कसले कता, कहाँ, कुन स्थानमा आफ्नो बिरुद्ध कलम चलायो, बहस गर्यो ।
यो प्राध्यापक संघले केहि ऐतिहासिक काम गरेको छ । अस्थायी गणना, प्राध्यापकलाई तलबी बिदासहित प्रतिवर्ष अध्ययन बिदा, उपदानमा भएको अन्यायको न्यायोचित वितरण भयो । कलेजलाई विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने ठुलो अभिभारा बाँकी छ । यो संघले सञ्चालक समिति र पुरानो क्याम्पस प्रशासनको मन नजिती सम्भव थिएन । नयाँ प्रशासन र नयाँ नेतृत्वले अझ ऐतिहासिक नयाँ नयाँ संकल्प लिनुपर्छ । हाम्रो अभिभावकत्व ग्रहण गर्नु हुने सञ्चालक समितिले नेतृत्व निर्माण गर्न खुला बहस गर्ने वातावरण सृजना गरिदिनु उचित हुन्छ । अन्यथा संस्था मर्छ । संस्थामा ९० प्रतिशत प्राध्यापक इमान्दार हुनुहुन्छ । चाकरी र आशिर्वादको पहिचान गरिदिनु पर्छ । संस्थाको मूलभुत जड नै नेतृत्व निर्माण हो । जे होस नराम्रो केही छैन । प्रमाणित गरिदिनु पर्नेछ । हामी प्राध्यापकहरुलाई कसैले नैतिक प्रश्न उठाउनु पर्दैन । हामी आफ्नो स्वाभिमानी र प्रतिष्ठाका लागि अहोरात्र त्याग गर्न तयार छौं । सञ्चालक समिति खुसी बनाउछौं । न कि को पात्र रह्यो रहेन, भयो भएन, कुनै सरोकार रहँदैन ।