हेटौंडाः हेटौंडाका एकजना कोरोना संक्रमित पुरुषको चितवनमा उपचारको क्रममा मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडाका ४९ वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर दयाराम लम्सालले जानकारी दिनुभएको छ ।
हेटौंडास्थित आयुर्वेद तथा जनस्वास्थ्य प्रवर्द्धन शाखामा कात्तिक २४ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । चितवन मेडिकल कलेजको कोभिड आईसीयूमा राखेर उनको उपचार भइरहेको थियो ।