हेटौंडाः मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका चेपाङ समुदायलाई होमस्टे सञ्चालन सम्बन्धी तालिम सुरु भएको छ । ४ दिने तालिमको शुक्रबार राक्सिराङ गाउँपालिका–८ मा उद्घाटन गरिएको छ । संघीय सरकारको पर्यटन मन्त्रालयअन्तर्गत तारा गाउँ विकास समितिको सहयोगमा राक्सिराङ गाउँपालिकामा चेपाङ समुदायका लागि होमस्टे तालिमको आयोजना गरिएको हो ।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यमा शुक्रबार राक्सिराङ–८ स्थित चर्च भवनमा तालिमको उद्घाटन कार्यक्रम भएको हो । उद्घाटन कार्यक्रममा ८ नम्बर वडा अध्यक्ष रामकृष्ण प्रजा पनि सहभागिता रहेको थियो ।
विपन्न चेपाङ समुदायको आयआर्जनका लागि उपयोगी हुन सक्ने भएकोले तालिमको आयोजना गरिएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभएको छ । तालिममा महिला र पुरुष गरी ३० जनाको सहभागिता रहेको छ ।