हेटौंडाः मकवानपुरमा शनिबार बिहान ३१ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । सङ्क्रमित हुनेमा १३ महिला र १८ पुरुष रहेको हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले जनाएको छ ।

सङ्क्रमित हुनेमा हेटौंडा उपमहानगरपालिकाका २७ जना, मकवानपुरगढी गाउँपालिकाका २ जना, बागमती गाउँपालिकाका १ जना र रौतहट जिल्ला स्थायी ठेगाना भई हाल मकवानपुर जिल्लामा बस्दै आएका एकजना रहेको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।