ऋषिराम पोखरेल, “बकिमहे”

स्कूले विद्यार्थी छँदा सबैले शिक्षकहरुका मुखबाट एकादेशका थोरबहुत कथा सुनेकै हुनुपर्छ । मैले सुनेको यस्तै एउटा कथाको राजाका दुईटी रानी थिए । दुवैको लालनपालन दरवारमा नै भएको रहेछ । शाही ऐश आराममा हुर्किएका दुवैका शरीर अत्यन्तै कोमल हुने नै भए । एक दिन एउटी रानी साँझपख आफ्नो सुन्दर बगैँचामा टहल्दै थिइन् । त्यसै वेला हावाको एउटा हल्का झोक्काले फूलको बोट हल्लाएछ । हल्लिएको बोटबाट झरेको फूलको एउटा थुँगो रानीको गोडामा परेछ ।

त्यो फूल उनको कोमल गोडामा यति कठोर भएछ कि त्यसले घाउ नै बनायो । त्यसबाट रगत बग्न थालेपछि रानी पीडाले चिच्याइन् । त्यसै वेला अर्की रानी कौशीमा एउटा आराम कुर्सीमाथि बसिरहेकी वेला वादल फाटेर आकाशमा चन्द्रमा देखा परेछ । चाँदि जस्तो चन्द्रमाको चमकले शरीर चुम्नासाथ रानीलाई भतभति पोल्न थालेछ । एकै छिनमा उनको कोमल शरीरको छाला खुइलिएछ । दुवै रानीलाई उपचारको लागि तुरुन्तै अस्पताल लगिएको खबर जङ्गलको आगो जस्तरि फैलियो । यो खबर कानमा पर्नासाथ कतिपय देशवासीहरु हृदयघात भएर मरेछन् ।

जीवनोपयोगी सन्देश दिन होस् वा आफूले पढाउने विषयवस्तुतिर विद्यार्थीको ध्यान आकर्षित गर्न होस् कतिपय शिक्षकहरु काल्पनिक वा वास्तविक खालका दृष्टान्त कथा भन्ने गर्छन् । स्कुले जीवनमा मैले आफ्ना शिक्षकहरुका मुखबाट यस्ता धेरै कथा सुनेको थिएँ । मैले पनि आफ्ना विद्यार्थीलाई यस्ता धेरै कथा सुनाएको छु । साना भाइ बहिनीहरु कथा सुन्न भनेपछि हुरुक्कै हुन्छन् । एक त कथाले शिक्षण सिकाइलाई रुचिकर बनाउँछ भने अर्काेतिर यसलाई सन्दर्भ मिलाएर भन्न सकियो भने आफूले पढाउने विषयवस्तुलाई प्रष्ट पार्न सहयोग पुर्‍याउँछ ।

त्यसैले कथा वाचन पनि शिक्षण सिकाइको एउटा प्रभावकारी विधि बन्न सक्छ भन्दा अत्युक्ति नहोला । उपर्युक्त कथा शिक्षकले हामीलाई अनुवादको अभ्यास गराउन लेखाएका थिए । त्यस वेला अनिवार्य अङ्ग्रेजीको दुई पत्रमध्ये एउटामा अनुवाद र कथा लेखन दुवै गर्नु पथ्र्यो । हाम्रो दुवै सिप विकास होस् भन्ने हेतुले यो अभ्यास गराइएको हुनुपर्छ । कतिपय यस्ता कथाहरु समय क्रमसँगै उपयुक्त सन्दर्भ नभेटेर मेरा स्मृतिपटलबाट विदा भइसकेका छन् तर उपर्युक्त कथा भने मेरो मनमा अझै ताजा छ । कति बिर्सन खोज्दा पनि मलाई हाम्रो वर्तमान शिक्षा प्रणालीले यो कथा बिर्सन दिएको छैन । यसले उत्पादन गरेको शैक्षिक जनशक्ति हेर्दा म त्यही कथाका रानी सम्झिन पुग्छु ।

शिक्षामा एकातिर अभिभावकले ठुलै लगानी गरेका छन् भने अर्कोतिर जुनसुकै सरकार पनि शिक्षामा पैसाको खोलो बगाएको दावि गर्न पछि परेको छैन । सवै बालबालिकालाई विद्यालयसम्म पुर्‍याउनका लागि सरकारले विभिन्न नामका छात्रवृत्तिको पनि व्यवस्था गरेको छ तर एक पेट खानकै लागि पनि अरु कसै न कसैको घरमा घरेलु कामदार हुन बाध्य विपन्न परिवारका हजारौँ बालबालिकालाई भैँसीको ढाडबाट ओरालेर छात्रवृत्तिले विद्यालयसम्म पुर्‍याउन सकेको छैन । विद्यालय पुर्‍याइहाले पनि त्यहाँ लामो समयसम्म टिकाउन सकेको छैन । शिक्षाको न्यानो घाम सबैको ढाडमा पुर्‍याउने हो भने खाना, नाना र छानासहितको निःशूल्क शिक्षा चाहिन्छ । कम्तिमा पनि विपन्न परिवारका बालबालिकाहरुका लागि । यसतर्फ कसैको ध्यान गएको देखिँदैन । अरु त अरु शैक्षिक आन्दोलनमा कपाल झारेर दार्‍ही जुँगा फुलाएकाहरुसमेत काम गर्ने सर्वोच्च ठाउँमा पुग्दा पनि यसको सामन्य लक्षण समेत देखाएका छैनन् । अझ उनीहरुको शैक्षिक माफियासँग कस्सिएको लगनगाँठो देख्दा शिक्षा गरिव जनताको पहुँचबाट झन्झन् टाढिँदै गएको जस्तो लाग्छ ।

शिक्षामा लगानीको प्रतिफल पहुँच र गुणस्तरमा खोजिन्छ । ‘पहुँच’ भन्नाले कति बालबालिका विद्यालय भर्ना भए र ‘गुणस्तर’ भन्नाले विद्यालय शिक्षा पुरा गरेपछि बालबालिका कस्ता भए भन्ने बुझिन्छ । पहुँचको अवस्था हेर्दा अझै हजारौँका सङ्ख्यामा बालबालिका विद्यालय बाहिरै भेटिन्छन् । तिनलाई छाप्राबाट बाहिर निकालेर सरकारले विद्यालयसम्म पुर्‍याउन सकेको छैन । गुणस्तरको अवस्था हेर्दा विद्यालय शिक्षा पुरा गरेका बालबालिका हाम्रा लागि काम लाग्ने भएनन् नै, उनीहरु स्वयम् पनि आफ्ना खुट्टामा उभिन सक्ने नभएको गुनासो अभिभावकको छ । त्यसमाथि रोजगारीको खोजीमा विदेशतिर भासिने पठितहरुको लर्को देख्दा शिक्षाले देशका लागि काम लाग्ने नागरिक पनि तयार पार्न सकेन, भन्ने देखिन्छ । परिवार, समाज देश कसैलाई पनि काम लाग्ने जनशक्ति तयार नभएपछि शिक्षामा लगानी बालुवामा पानीजस्तो भएको छ ।

शिक्षा भन्नाले सूचनामाथिको पहुँच मात्र होइन सो अनुरुपको व्यवहारमा सकारात्मक बदलाव पनि हो । शिक्षाको उद्देश्य ज्ञान, सिप, प्रविधिको एक व्यक्तिबाट अर्कोमा हस्तान्तरण मात्र होइन सिकाइअनुरुपको भावात्मक र मनोकृयात्मक व्यवहारको सकारात्मक उन्नयन पनि हो । यो कोणबाट हेर्दा शिक्षामा लगानी अनुसारको प्रतिफल देखिँदैन । ‘घुस दिन्या र खान्या दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने पाठ घोकाइएकाहरु पनि ठाउँ पाएपछि भ्रष्ट्राचार गर्दै कुरुस्त पैसा कुम्ल्याउन पछि नपर्ने र ठाउँ नपाए जीवनमा आइपर्ने सामान्य चुनौती पनि आफ्नो अक्कल बुताले सामना गर्न नसक्ने हुतिहारा जनशक्ति देख्दा मलाई उपर्युक्त कथाका रानीहरुको सम्झना हुन्छ ।

नेपालमा दाशप्रथा उन्मूलन भएको एक शताब्दी पुग्न लाग्यो होला तर कपाल काट्न कमारोबाट सिक्नु भन्ने उखान अझै चरितार्थ हुँदै छ । आफ्ना छोराछोरी निजी स्कुलमा पुर्‍याएर सरकारी तलब खाँदै सामुदायिक विद्यालयमा उँघ्न जाने शिक्षकहरु अझै छयासछयास्ती भेटिँदै छन् । एक त सरकारले विद्यार्थी सङ्ख्याको अनुपातमा पर्याप्त शिक्षकको व्यवस्था गर्न सकेको छैन । त्यसमाथि भएका जति छन् ती पनि आ–आफ्ना पहुँच पुर्‍याएर शहरमै थुप्रिएका छन् । बाँकी रहेकाहरुलाई पनि सरकारले नियमित रुपले कक्षाकोठामा हुल्न सकेको छैन । कक्षा कोठामा भेटिनुपर्ने शिक्षकहरु आ–आफ्ना झुण्ड तयार गरेर उच्च तहका प्रशासनिक वा नेताका वरिपरि हात मोल्दै गरेका भेटिन्छन् ।

कतिपय शिक्षक कक्षा कोठाभित्र भेटिए पनि पढाउँदैनन् र पढाउने कतिपयले बुझाउँदैनन् भन्ने गुनासो व्यापक छ । यदाकदा दरवन्दी मिलानका मौसमी कुरा पनि ननिस्कने होइन तर मान्छे मिलानमा पुगेपछि निकटवर्ती चुनावले भताभुङ्ग बनाइदिन्छ । उता शिक्षामा गुणस्तर वृद्धिका लागि भनेर अनेकौँ भाते गोष्ठि, सेमिनार र तालिमहरु अविराम चलिरहन्छन् । तर शिक्षकलाई कोठाभित्र हुल्न नसकेपछि हात लाग्यो शून्यको शून्य भइरहन्छ । हुनत शिक्षकलाई जिम्मेवार बनाउने लगायतका शैक्षिक सुधारका लागि भनेर सरकार फेरिएपिच्छे आयोग बन्ने गर्दछ तर ती सबै आयोग चुनावी झोलेलाई जागिर खुवाउने र नयाँ गाडी चढाउने वहाना मात्र सावित भएका छन् । आफ्ना छोरा छोरीलाई दहीदुध खुवाएर स्कुल पढाउन अरुका छोराछोरीलाई भैँसीको ढाडमा छोड्ने गाउँले जमिनदार र अरुका छोरा छोरीलाई भाडा मझाएर आफ्ना छोरा छोरी महँगा स्कुल पढाउने सहरी सम्भ्रान्तहरु नै नीति निर्माता भएसम्म शिक्षाको लगानी भुइँ तहसम्म पुग्न सक्तैन ।

प्राकृतिक साधन श्रोतले सम्पन्न भएर पनि नेपालबाट विदेशी श्रम बजारमा ओइरिने अदक्ष तथा सस्ता कामरदाहरुको वाहुल्य देखेर सबैले अचम्म मान्छन् । नेपालीहरु सुनको कचौरा हातमा लिएर भिख माग्न बसेका छन् भनेर त्यसै भनिएको होइन । खोजीपसे अरु अनेकौँ कारण भेटिएलान् तर सोच र शिक्षा नै यसको पहिलो कारण हो भन्नेमा दुई मत हुन सक्तैन । हरेक वर्ष माघ महिनामा धेरै नेपालीहरु गोमा ब्राम्हिणीको छोरा नवराज चमत्कारिक रुपले लावण्य देशका राजा भएको स्वस्थानी महात्म्यको कथा सुन्ने गर्छन् । त्यस कथाले स्रोतालाई परिश्रममा भन्दा चमत्कारमा बढी विश्वास गर्न सिकाउने नै भयो । त्यसैले केही न केही चमत्कार हात लागिहाल्छ कि भनेर कतिपय नेपाली युवाहरु देशभित्रकै हात्तीका वरिपरी भन्किँदै विनाउपलब्धि दार्‍ही जुँगा फुलाइरहेका छन् भने लाखौँ अरु विनापरिश्रम चमत्कारिक रुपले रातारात धनी हुने लालसा बोकेर विदेशतिर भासिन्छन् ।

तीमध्ये एक दुई साहुको ऋण र त्यसमाथिको चर्को ब्याज मुस्किलले तिर्न सक्ने भएर फर्किए पनि धेरै जसो फर्किँदा धोति न टोपीका भएका छन् । कत्रो न कमाउँछु भनी विदेशिएका कतिपय युवाहरु विदेशको प्रतिकूल हावापानीका कारण आफ्ना प्राण पखेरु उतैतिर छोडेर काठको बाकसमा स्वदेश फर्किदै आश्रित वृद्ध बाबु–आमा, केटाकेटी र प्रियसीलाई आँसुको सागरमा डुबाइरहेका छन् । अरुको दुःखपूर्ण भोगाइबाट सिक्ने प्रवृत्तिले नेपाली माटो समाति नसकेकाले बनारसको लड्डुको उखान दोहोरिरहन्छ । त्यसैले एकातिर नेपाली श्रम बजारमा विदेशी कामदारलाई छोडेर त्यही प्रकृतिको काम गर्न विदेश जाने नेपाली युवाहरुको सङ्ख्या सालासालै बढ्दैछ । आफ्ना जग्गा जमिन बँंझो राखेर युवाहरु विदेसिन थालेपछि कृषि प्रधान भनिने हाम्रो देशमा खाद्यान्न आयात गर्नुपर्ने अवस्था आइपरेको लामै समय भइसकेको छ । कुनै नेपाली भोकले मर्नु पर्दैन भनेर देशका प्रधानमन्त्रीले घोषणा गरेको महिना दिन पनि नपुग्दै एउटा नेपाली त्यो राजधानीको सडक पेटीमा भोकले मरेको भेटिनुले लोप्पा खुवाएको छ । शिक्षाले हरेक व्यक्तिलाई आफ्नै माटोमा पसिना बगाएर सम्पन्नता हासिल गर्न सिकाउनु पर्ने हो तर अहिलेको हाम्रो शिक्षा त्यतातिर भेटिने छाँट देखिँदैन ।

घर परिवारमा नगरी नहुने धेरै काम हुन्छन् । खाना बनाउने, भाँडा माझ्ने, लिपपोत, सरसफाइ, लुगा धुने, खेतीपाती, वस्तुभाउ, कुटान पिसान, राखनधरन, किनमेल, शिशुस्याहार, जेष्ठ सदस्यको हेरचाह, अतिथि सत्कार, मर्मत सम्भार, सहयोग आदन प्रदान, मलामी जन्ती यावत् कामहरु कस न कसैले गर्नै पर्ने हुन्छ । कुखुरा, खसी, राँगा, बङ्गुर पाल्ने, काट्ने, भाग लगाउने, बेच्ने पनि कोही न कोही हुन्छन् । नगरिकन काम नचल्ने भएकोले सबै काम महत्वपूर्ण हुन्छन् । कुनै काम ठुलो र कुनै काम सानो तुच्छ हुंदैन । फेरि तुच्छ वा निकृष्ट काम गर्न कै लागि भनेर कोही जन्मिएका पनि हुँदैनन् । नगरिकन नहुने भएकोले नै मात्र सबैले गरेका हुन्छन् । कतिपय काम एक्लैले गर्न नसकिने खालका हुन्छन् ।

यस्ता काम अरुसँग मिलेर वा मद्दत लिएर गर्नु पर्ने हुन्छ । तर स्कुल पढ्न थालेपछि केटाकेटीले घरमा नगरिनहुने कामलाई बेवास्ता गर्न थाले भन्ने अधिकांश अभिभावकको गुनासो छ । शिक्षाले व्यक्तिलाई श्रमप्रति सम्मान गर्न सिकाउनु पर्ने हो । सबै कामका अभ्यस्त मन र शरीरले मात्र व्यक्तिलाई भावी जीवनमा आइपर्ने चुनौतिको सामना गर्न सक्षम बनाउँछ । विद्यालय शिक्षा पुरा गरेपछि केटाकेटी अभिभावकका लागि काम लाग्ने र गर्व गर्न लायक भएन भने शिक्षामाथिको लगानी खेर गएको मानिनेछ । शिक्षामा प्रतिफलको मापनको आधारमध्ये अभिभावकको सन्तुष्टि पनि एक हो । हाम्रो वर्तमान शिक्षा यसमा कतिको खरो उत्रिएको सबैलाई थाहै होला ।

ठाउँ ठाउँका विशिष्टता अनुसार विभिन्न समाजमा विभिन्न पेशागत समुदाय भेटिन्छन् । कसैको परम्परागत पेसा व्यवसायलाई खास जातजातिसँग जोडेर त्यसलाई हेयको दृष्टिले हेर्दै पन्छिने प्रवृत्तिले प्रगतिको बाटोमा तगारो तेस्र्याउँछ । यस्तो प्रवृत्तिलाई हटाउन मात्र होइन सवैको परम्परागत पेसा व्यवसायलाई आधुनिक ज्ञान, सिप र प्रविधिसँग जोडेर उन्नत बनाउने काम पनि शिक्षाले नै गर्ने हो । युगसापेक्ष व्यावसायिक र प्राज्ञिक ज्ञान, सिप, दक्षताले मात्र व्यक्तिलाई सम्पन्नताको शिखर चढाउँछ । थोरै जमिनबाट धेरै उत्पादन लिन होस् वा जडिबुटी, मसला, तरकारी, फलफुल खेतीबाट राम्रो आयआर्जन गर्न आधुनिक प्रविधिसहितको बाली विविधिकरण आवश्यक हुन्छ । भविष्यमा हाकिम वा कारिन्दा बनाउन लक्षित हाम्रो वर्तमान शिक्षाले बालबालिकालाई वास्तविक व्यवसायी र कालिगडसँग सिकेर स्वरोजगार बन्न प्रेरित गर्दैन । खोजी गर्ने हो भने नेपालमा रोजगारीका धेरै सम्भावनाहरु फेला पर्छन् । ग्रामीण पर्यटनका लागि होम स्टे सञ्चालनदेखि लिएर पशुपंक्षी, माछा, माहुरी पालन, रेशम खेती, परम्परागत हस्तकला, खाद्य प्रशोधन, आहार उत्पादन आदिले पनि धेरै रोजगार बनाउन सक्छ ।

कुनै पनि वस्तुको उत्पादनदेखि लिएर उपभोगसम्म पुग्नलाई धेरै शृङ्खला र चरण पार गर्दा हरेक चरणमा काम गर्ने मानिसको आवश्यकता पर्छ । यातायात र सूचना प्रविधिको सामान्य प्रगतिले पनि बजारसम्मको पहुँचलाई सम्भव बनाउन सक्छ । ज्यानलाई हत्केलामा राखेर पैसाको लागि जोखिमपूर्ण काम गर्न विदेश जानुभन्दा नेपाली युवाहरु आफ्नै माटोमा पसिना बगाउँदै आफ्नो भविष्य निर्माण गर्नसक्ने थिए । हाम्रो शिक्षा रोजगारीसँग जोडिने हो भने वृद्ध बाबु–आमाले चौतारामा बसेर अरुको अगाडि काठको बाकसका अश्रुपूर्ण कथा दोहोर्‍याउनु पर्ने थिएन । शिक्षालाई कृषि प्रविधिसँग जोड्दा मात्रै पनि रोजगारीका धेरै समस्या समाधान हुन सक्छन् । तर कृषिमा बाँडिएको ५० अर्ब रुपैँया सबै गाडी र साडीमा गएछ भन्ने कृषिमन्त्री घनश्याम भुषालका कुरा सुन्दा निराश हुनु पर्ने अवस्था गइसकेको छैन भन्ने देखिन्छ ।

गरिवीलाई नै मानिस गरिव हुनुको मुख्य कारण मानिएको छ । गरिवीले गर्दा शिक्षामा पहुँच हुँदैन । शिक्षाविना आधुनिक ज्ञान, सिप, प्रविधि हासिल हुँदैन । फलस्वरुप राम्रो रोजगारी हात लाग्दैन । राम्रो रोजगारी विना राम्रो कमाइ हुँदैन । राम्रो कमाइ नभएसम्म गरिवी हट्दैन । फेरी उही चक्र शुरु हुन्छ । यस्तो दुश्चक्र तोड्न एक त सबैका लागि शिक्षा सुलभ हुन पर्‍यो । दोस्रो उनीहरुको रुचि र अन्तरनीहित क्षमताअनुसार बालबालिकालाई व्यावसायिक र प्राज्ञिक सिप, दक्षता र प्रविधि प्रदान गर्ने शिक्षामा सबैको पहुँच पुर्‍याउनु पर्‍यो । बनावटी शैक्षिक वातावरणभन्दा वास्तविक व्यावसायिक क्रियाकलापमा संलग्न भएर वास्तविक व्यवसायीसँग सिक्ने परिस्थितिले मात्र व्यक्तिलाई आधुनिक ज्ञान सिपयुक्त उर्जाशील र सक्षम नागरिक बनाउन सकिन्छ । बालबालिकालाई आफ्ना शरीर, मन र ऊर्जा समुचित ढङ्गले प्रयोग गर्न नसिकाउने आफ्ना भने भविष्यमा तिनै एकादेशका रानी जस्ता नहोलान् भन्न सकिन्न ।

दार्‍ही जुँगा फुलाइरहेका छन् भने लाखौँ अरु विनापरिश्रम चमत्कारिक रुपले रातारात धनी हुने लालसा बोकेर विदेशतिर भासिन्छन् । तीमध्ये एक दुई साहुको ऋण र त्यसमाथिको चर्को ब्याज मुस्किलले तिर्न सक्ने भएर फर्किए पनि धेरै जसो फर्किँदा धोति न टोपीका भएका छन् । कत्रो न कमाउँछु भनी विदेशिएका कतिपय युवाहरु विदेशको प्रतिकूल हावापानीका कारण आफ्ना प्राण पखेरु उतैतिर छोडेर काठको बाकसमा स्वदेश फर्किदै आश्रित वृद्ध बाबु–आमा, केटाकेटी र प्रियसीलाई आँसुको सागरमा डुबाइरहेका छन् । अरुको दुःखपूर्ण भोगाइबाट सिक्ने प्रवृत्तिले नेपाली माटो समाति नसकेकाले बनारसको लड्डुको उखान दोहोरिरहन्छ । त्यसैले एकातिर नेपाली श्रम बजारमा विदेशी कामदारलाई छोडेर त्यही प्रकृतिको काम गर्न विदेश जाने नेपाली युवाहरुको सङ्ख्या सालासालै बढ्दैछ । आफ्ना जग्गा जमिन बँंझो राखेर युवाहरु विदेसिन थालेपछि कृषि प्रधान भनिने हाम्रो देशमा खाद्यान्न आयात गर्नुपर्ने अवस्था आइपरेको लामै समय भइसकेको छ । कुनै नेपाली भोकले मर्नु पर्दैन भनेर देशका प्रधानमन्त्रीले घोषणा गरेको महिना दिन पनि नपुग्दै एउटा नेपाली त्यो राजधानीको सडक पेटीमा भोकले मरेको भेटिनुले लोप्पा खुवाएको छ । शिक्षाले हरेक व्यक्तिलाई आफ्नै माटोमा पसिना बगाएर सम्पन्नता हासिल गर्न सिकाउनु पर्ने हो तर अहिलेको हाम्रो शिक्षा त्यतातिर भेटिने छाँट देखिँदैन ।

घर परिवारमा नगरी नहुने धेरै काम हुन्छन् । खाना बनाउने, भाँडा माझ्ने, लिपपोत, सरसफाइ, लुगा धुने, खेतीपाती, वस्तुभाउ, कुटान पिसान, राखनधरन, किनमेल, शिशुस्याहार, जेष्ठ सदस्यको हेरचाह, अतिथि सत्कार, मर्मत सम्भार, सहयोग आदन प्रदान, मलामी जन्ती यावत् कामहरु कस न कसैले गर्नै पर्ने हुन्छ । कुखुरा, खसी, राँगा, बङ्गुर पाल्ने, काट्ने, भाग लगाउने, बेच्ने पनि कोही न कोही हुन्छन् । नगरिकन काम नचल्ने भएकोले सबै काम महत्वपूर्ण हुन्छन् । कुनै काम ठुलो र कुनै काम सानो तुच्छ हुंदैन । फेरि तुच्छ वा निकृष्ट काम गर्न कै लागि भनेर कोही जन्मिएका पनि हुँदैनन् ।

नगरिकन नहुने भएकोले नै मात्र सबैले गरेका हुन्छन् । कतिपय काम एक्लैले गर्न नसकिने खालका हुन्छन् । यस्ता काम अरुसँग मिलेर वा मद्दत लिएर गर्नु पर्ने हुन्छ । तर स्कुल पढ्न थालेपछि केटाकेटीले घरमा नगरिनहुने कामलाई बेवास्ता गर्न थाले भन्ने अधिकांश अभिभावकको गुनासो छ । शिक्षाले व्यक्तिलाई श्रमप्रति सम्मान गर्न सिकाउनु पर्ने हो । सबै कामका अभ्यस्त मन र शरीरले मात्र व्यक्तिलाई भावी जीवनमा आइपर्ने चुनौतिको सामना गर्न सक्षम बनाउँछ । विद्यालय शिक्षा पुरा गरेपछि केटाकेटी अभिभावकका लागि काम लाग्ने र गर्व गर्न लायक भएन भने शिक्षामाथिको लगानी खेर गएको मानिनेछ । शिक्षामा प्रतिफलको मापनको आधारमध्ये अभिभावकको सन्तुष्टि पनि एक हो । हाम्रो वर्तमान शिक्षा यसमा कतिको खरो उत्रिएको सबैलाई थाहै होला ।

ठाउँ ठाउँका विशिष्टता अनुसार विभिन्न समाजमा विभिन्न पेशागत समुदाय भेटिन्छन् । कसैको परम्परागत पेसा व्यवसायलाई खास जातजातिसँग जोडेर त्यसलाई हेयको दृष्टिले हेर्दै पन्छिने प्रवृत्तिले प्रगतिको बाटोमा तगारो तेस्र्याउँछ । यस्तो प्रवृत्तिलाई हटाउन मात्र होइन सवैको परम्परागत पेसा व्यवसायलाई आधुनिक ज्ञान, सिप र प्रविधिसँग जोडेर उन्नत बनाउने काम पनि शिक्षाले नै गर्ने हो । युगसापेक्ष व्यावसायिक र प्राज्ञिक ज्ञान, सिप, दक्षताले मात्र व्यक्तिलाई सम्पन्नताको शिखर चढाउँछ । थोरै जमिनबाट धेरै उत्पादन लिन होस् वा जडिबुटी, मसला, तरकारी, फलफुल खेतीबाट राम्रो आयआर्जन गर्न आधुनिक प्रविधिसहितको बाली विविधिकरण आवश्यक हुन्छ । भविष्यमा हाकिम वा कारिन्दा बनाउन लक्षित हाम्रो वर्तमान शिक्षाले बालबालिकालाई वास्तविक व्यवसायी र कालिगडसँग सिकेर स्वरोजगार बन्न प्रेरित गर्दैन । खोजी गर्ने हो भने नेपालमा रोजगारीका धेरै सम्भावनाहरु फेला पर्छन् ।

ग्रामीण पर्यटनका लागि होम स्टे सञ्चालनदेखि लिएर पशुपंक्षी, माछा, माहुरी पालन, रेशम खेती, परम्परागत हस्तकला, खाद्य प्रशोधन, आहार उत्पादन आदिले पनि धेरै रोजगार बनाउन सक्छ । कुनै पनि वस्तुको उत्पादनदेखि लिएर उपभोगसम्म पुग्नलाई धेरै शृङ्खला र चरण पार गर्दा हरेक चरणमा काम गर्ने मानिसको आवश्यकता पर्छ । यातायात र सूचना प्रविधिको सामान्य प्रगतिले पनि बजारसम्मको पहुँचलाई सम्भव बनाउन सक्छ । ज्यानलाई हत्केलामा राखेर पैसाको लागि जोखिमपूर्ण काम गर्न विदेश जानुभन्दा नेपाली युवाहरु आफ्नै माटोमा पसिना बगाउँदै आफ्नो भविष्य निर्माण गर्नसक्ने थिए । हाम्रो शिक्षा रोजगारीसँग जोडिने हो भने वृद्ध बाबु–आमाले चौतारामा बसेर अरुको अगाडि काठको बाकसका अश्रुपूर्ण कथा दोहोर्‍याउनु पर्ने थिएन । शिक्षालाई कृषि प्रविधिसँग जोड्दा मात्रै पनि रोजगारीका धेरै समस्या समाधान हुन सक्छन् । तर कृषिमा बाँडिएको ५० अर्ब रुपैँया सबै गाडी र साडीमा गएछ भन्ने कृषिमन्त्री घनश्याम भुषालका कुरा सुन्दा निराश हुनु पर्ने अवस्था गइसकेको छैन भन्ने देखिन्छ ।

गरिवीलाई नै मानिस गरिव हुनुको मुख्य कारण मानिएको छ । गरिवीले गर्दा शिक्षामा पहुँच हुँदैन । शिक्षाविना आधुनिक ज्ञान, सिप, प्रविधि हासिल हुँदैन । फलस्वरुप राम्रो रोजगारी हात लाग्दैन । राम्रो रोजगारी विना राम्रो कमाइ हुँदैन । राम्रो कमाइ नभएसम्म गरिवी हट्दैन । फेरी उही चक्र शुरु हुन्छ । यस्तो दुश्चक्र तोड्न एक त सबैका लागि शिक्षा सुलभ हुन पर्‍यो । दोस्रो उनीहरुको रुचि र अन्तरनीहित क्षमताअनुसार बालबालिकालाई व्यावसायिक र प्राज्ञिक सिप, दक्षता र प्रविधि प्रदान गर्ने शिक्षामा सबैको पहुँच पुर्‍याउनु पर्‍यो । बनावटी शैक्षिक वातावरणभन्दा वास्तविक व्यावसायिक क्रियाकलापमा संलग्न भएर वास्तविक व्यवसायीसँग सिक्ने परिस्थितिले मात्र व्यक्तिलाई आधुनिक ज्ञान सिपयुक्त उर्जाशील र सक्षम नागरिक बनाउन सकिन्छ । बालबालिकालाई आफ्ना शरीर, मन र ऊर्जा समुचित ढङ्गले प्रयोग गर्न नसिकाउने आफ्ना भने भविष्यमा तिनै एकादेशका रानी जस्ता नहोलान् भन्न सकिन्न ।