बकैयाः मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर ७ को अँधेरी बस्ती समुदायकै सक्रियतामा उज्यालो बस्ती भएको छ । आवासीय क्षेत्रमा विद्युतको पोलमा बत्ति नहुँदा रातीको समयमा असुरक्षाको महसुस गरेर समुदायकै सक्रियतामा बत्ति जडान गरिएको छ । समुदायका सबै घरधुरीबाट पैसा सङ्कलन गरेर विजुलीको पोलमा बत्ती हालिएको छ ।

बडा दशैं अघि चाडपर्वलाई मध्यनजर गर्दै पोलमा बत्ति जडान गरिएको गणेश बस्नेतले जानकारी दिनुभयो । चाडपर्वको बेलामा चोरी, डकैती जस्ता आपराधिक घटना हुन सक्ने खतरा महसुस गरी समुदायले पोलमा बत्ति बालेका हुन् । विद्युतको पोलमा बत्ति हाल्न प्रतिघरधुरी सात सय रुपैयाँका दरले रकम उठाएर १५ वटा पोलमा वत्ति बालेका छन् ।