A laboratory technician prepares COVID-19 patient samples for semi-automatic testing at Northwell Health Labs, Wednesday, March 11, 2020, in Lake Success, N.Y. The US Food and Drug Administration has approved faster testing protocols as the viral outbreak continues to spread worldwide. For most people, the new coronavirus causes only mild or moderate symptoms. For some it can cause more severe illness. (AP Photo/John Minchillo)

हेटौंडाः हेटौंडास्थित आइसोलेसन वार्डमा सोमबार १ सय ४१ जनाको स्वाब नमूना सङ्कलन गरिएको छ । सोमबार बिहान हेटौंडा–१०, स्थित गोरक्षेश्वर आइसोलेसनबाट ९० जना पुरुष र ५१ जना महिलाको स्वाब नमूना सङ्कलन गरिएको हो ।

सङ्कलित स्वाबको नमूना हेटौंडा–१० स्थित प्रादेशिक कोरोना प्रयोगशालामा कोरोना परीक्षण गर्न पठाइएको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।