हेटौंडाः मकवानपुरमा शुक्रबार बिहान ५९ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका अनुसार हेटौंडा उपमहानगरपालिकामा मात्रै ४८ जना सङ्क्रमित थपिएका छन् ।
सङ्क्रमण पुष्टि हुनेमा २३ महिला र ३६ जना पुरुष रहेका छन् । यस्तै थाहा नगरपालिका र मनहरी गाउँपालिकामा ५/५ जना तथा बकैया गाउँपालिकामा एक जना सङ्क्रमित थपिएका छन् । बिहीबार सङ्कलित ११० जनाको स्वाब हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा परीक्षण गर्दा ५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।