हेटौंडाः मकवानपुर जिल्लामा शनिबार १९ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।
हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले सार्वजनिक गरेको विवरणअनुसार हेटौंडा उपमहानगरक्षेत्रका १७ जना, मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका एक जना र बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ठेगाना भई हाल मकवानपुर जिल्लामै बसोबास गर्दै आएका एकजनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
शुक्रबार सङ्कलन गरिएको १८० जनाको स्वाब नमूना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ । सङ्क्रमित मध्ये ७ महिला र १२ जना पुरुष छन् ।