हेटौंडाः नेपालका राष्ट्रिय बक्सिङ प्रशिक्षक दीपक महर्जनले हेटौंडा–५, पिप्लेमा निर्माणाधीन बहुउपयोगी कभर्ड हलका लागि २० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
![](https://samriddhasamaj.com/wp-content/uploads/2020/10/maharjan.jpg)
हेटौंडा आइपुग्नुभएका राष्ट्रिय प्रशिक्षक महर्जनले बिहीबार कभर्डहलको निरीक्षण गर्नुहुँदै सहयोग रकम हस्तान्तरण गर्नुभएको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभएको छ । पिप्ले युवा क्लबको अग्रसरतामा निर्माणाधीन कभर्डहलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।