हेटौंडाः मकवानपुर जिल्लामा एक सय २५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

सोमबार राती प्राप्त प्रयोगशाला रिपोर्टअनुसार हेटौंडा उपमहानगरपालिकाका १०७ जना, बागमती गाउँपालिकाका १४ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना र जिल्ला बाहिर स्थायी ठेगाना भई हाल मकवानपुरमै रहेका ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मंगलबार बिहान हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले सार्वजनिक गरेको विवरणअनुसार हेटौंडा–४ का २५ जना, हेटौंडा–५ का १८ जना, हेटौंडा–११ का १५ जना, हेटौंडा–२ का ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।