हेटौंडाः सरकारसँग स्वास्थ्य सेवाका विभिन्न विषयमा माग राख्दै १९ औं पटक आमरण अनसन बस्नुभएका डा. गोविन्द केसीको समर्थनमा शनिबार दिउँसो बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदर्शनमा सहभागी विवेकशील नेपाली दल मकवानपुरका अध्यक्ष सुमन आचार्य । विवेकशील नेपाली दलका नेता, कार्यकर्ताहरुले शान्तिपूर्ण रुपमा प्लेकार्ड लिएर प्रदर्शन गरेका थिए ।