हेटौंडाः हेटौंडा–५, पिप्लेमा निर्माणाधीन बहुउपयोगी कभर्डहलका लागि बक्सिङ खेलको राष्ट्रिय प्रतियोगितामा १९ वर्ष उमेर समूहमा रजत पदकविजेता सागर ढुंगेल, न्यू हेटौंडा मोबाईल एन्ड वाच सेन्टरका प्रोप्राईटर रोहिणी गौतमबाट कभर्डहल निर्माणका लागि एघार हजार एक सय रुपैयाँ सहयोग गर्नु भएको छ ।
निर्माणाधीन बहुउपयोगी कभर्डहलका लागि राष्ट्रीय बक्सर अन्नत ओझाका पिता दिनेश कुमार ओझा र माता निर्मला ओझाबाट कभर्डहलका लागि १० बोरा सिमेन्ट, हेटौंडा–५, पिप्ले निवासी हाल जापानमा अध्ययनरत पूर्व राष्ट्रिय बक्सिङ खेलाडी सुवास घिमिरेबाट ५ हजार रुपैयाँ र अन्तर्राष्ट्रिय बक्सर खेलाडी सुसन मानन्धरबाट २ हजार ५० रुपैयाँ सहयोग प्राप्त भएको छ ।
हरेक दिनजसो प्राप्त हुने यस्तै सहयोगबाट कभर्डहलको निर्माण कार्य अन्तिम चरणमा पुगेको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले बताउनुभएको छ । पिप्ले युवा क्लबको अग्रसरतामा बहुउपयोगी कभर्डहल निर्माण भएको हो ।