स्नेहा रिमाल कमाने ८

मेरा कलिला हात समाई
अगि बढ्न दिने
आफू जल्दै हाम्रो जीवन
प्रज्वलित बनाउन
मुटु भरिको माया अनि
मिठो सम्झनामा
कति खट्छौ रात दिन

हातमा ठेला उठाई
हाम्रै निम्ति सानै उमेरमा
आफ्नै सौख र सपना छोडी
घरको सम्पूर्ण जिम्मेवारीको
काँध थाप्न
विदेशिनु भयो सानै उमेरमै

मुटु भरिको मायाअनि
मिठो सम्झना घोली
सुन्दरसृष्टिमा टेक्न अनि
लड्न सिकाइ दिनेलाई
म रिसाउँदै गर्दा,
आँखामा टिलपिल पानी भरिँदा
बहिनी भनी माया गरी
जति बेला पनि लड्न
तत्पर रहनेलाई धेरै धेरै सम्झना

नआओस्कुनै बाधा अड्चन
कहिल्यै हजुरको जीवनमा
सुख र शान्ति रहोस् हजुरको
त्यो कोमल मनमा भगवान सधैँ
दाहिने हुन्
फर्की हेर्न नपरोस्
शीतल त्यो तिम्रो
मायारुपि छाया सधैँ साथमा रहोस्
यो मनलाई साक्षी राखी
उपहार स्वरुप दिँदैछु बचन

यो बहिनीले कहिले
दुखाउने छैन त्यो मन
दुःखको कालो बादलले
कहिल्यै घेर्न नसकून्
सुस्वास्थ्य र सुखद जीवनको कामना
मुटु भरिको माया अनि मिठो सम्झना।