सुनिन्छ खानाका थाल साटिँदै छ रे
भोक र भित्ताका पर्दा काटिँदै छ रे ।
हामी उन्नत कति भयौँ थाहा छैन
तर पुर्खाका इतिहास माटिँदै छ रे
शिर आफ्नो पगरी अर्को हुन्छ भने
जिब्रो छोडी नाकले स्वाद चाटिँदै छरे ।।
खास नभए नि आस गर्ने छन् यहाँ
भिमकाय हुँ भन्छ तर छाटिँदै छ रे
ताँदोमा तिर राख्दा नराख्दै उसले
भन्छन् काप कापबाट फाटिँदै छ रे ।।