हेटौंडाः नेपाल चिकित्सक संघ मकवानपुरको अध्यक्षमा डा. हरिबहादुर खड्का चयन हुनुभएको छ । मकवानपुरमा रहेर सरकारी, निजी स्वास्थ्य संस्था तथा प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुको भेलाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक समेत रहनुभएका बालस्वास्थ्य विशेषज्ञ डा. खड्काको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेकोे छ ।
![](https://samriddhasamaj.com/wp-content/uploads/2020/09/120134369_968550380331372_434690081855510391_n-1-1024x768.jpg)
भेलाले चिकित्सक संघ मकवानपुरको प्रथम उपाध्यक्षमा डा. रामचन्द्र सापकोटा, द्वितीय उपाध्यक्षमा डा. प्रमोद चौरासिया, सचिवमा डा. राजु सेढाई, सहसचिवमा डा. आरिफ करिम, कोषाध्यक्ष डा. सुजाता पन्त, सह–कोषाध्यक्षमा डा. सुवास कुमार बनैतालाई सर्वसम्मत चयन गरेको छ । यस्तै सदस्यहरुमा डा. विकास थापा, डा. दोजेन्द्र बस्नेत, डा. प्रविण पाठक, डा. नेहा गुप्ता, डा. सुनिल शाह, डा. नगेन्द्र श्रीष रहनुभएको छ । यस्तै चिकित्सक संघको सल्लाहकारमा प्रा.डा. विश्वराज जोशी, डा. सतिषकुमार देव, डा. प्रविण श्रेष्ठ, डा. रामविया चौरासिया, डा. विक्रम आदित्यकुमार साह चयन हुनुभएको छ ।
बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल चिकित्सक संघ मकवानपुर गठन गरिएको डा. हरि खड्काले बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष सतिश कुमार देव लागयत जिल्लाका ५० जना चिकित्सहरुको उपस्थिति रहेको थियो । नेपाल चिकित्सक संघको अहिलेको प्रस्तावित तदर्थ समितिले अब अर्को चुनाव नभएसम्म कार्य गर्ने डा. खड्काले बताउनुभयो । यसअघि मकवानपुर जिल्लामा चिकित्सक संघ नहुँदा चिकित्सक संघको साधारणसभा, अधिवेशन लगायतका कार्यमा चितवन र काठमाडौं जानुपर्ने बाध्यता थियो ।