सांकेतिक चित्रः गुगल ।

हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–३, मैनटारमा बोलेरो दुर्घटना हुँदा घाइते भएका २७ बर्षीय सुजन शाहीको पनि मृत्यु भएको छ । दुर्घटनापश्चाप उपचारको लागि भरतपुर लगिएको उनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाकारी दिएको छ ।

आज दिउँसो भएको दुर्घटनामा यसअघि २ जनाको घटनास्थलमा ज्यान गएको थियो । आज दिउँसो ३ बजेको समयमा ग १ ज ७१७५ नम्बरको बोलेर जिपको ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।