हेटौंडाः मकवानपुरमा आज साँझ ६ जनामा कोरोना पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयूर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाले आज साँझ जारी गरेको प्रतिवेदनमा हेटौंडा उपमहानगरपालिकाका ३ जना, थाहा नगरपालिकाका १ जना र बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकाका २ जनामा कोरोना भाइरसको सङ्क्रण पुष्टि भएको जनाइएको छ ।
आइतबार सङ्कलन गरिएको १ सय ४८ स्वाब नमूना परीक्षण गर्दा आज ६ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो ।