सांकेतिक तस्वीर ।

हेटौंडाः कोरोना संक्रमित भई चितवनस्थित मेडिकल कलेजमा उपचाररत हेटौंडा–१० की १७ वर्षीया किशोरीको आज मृत्यु भएको छ । मेडिकल कलेजले दिएको जानकारी अनुसार उपचारको क्रममा किशोरीको मृत्यु भएको हो ।

ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि गत भदौ २२ गते उनी अस्पताल भर्ना भएकी थिइन् । भदौ २४ गते उनमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि सघन उपचार कक्षमा राखेर उनको उपचार गरिएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभएको छ ।

वडाको कुन स्थानको को व्यक्ति हो भन्ने विषय खुल्न नसकेको हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा सदस्य ईन्द्रप्रसाद नेपालले जानकारी दिनुभएको छ । निधन भएको भन्ने खबरपछि कहाँको किशोरी हो भन्ने बुझ्ने प्रयास भइरहेको वडा सदस्य नेपालले बताउनुभएको छ ।