Home मुख्य समाचार मामाघर नेपालमै पुगेर चौलागाईले मनाए आफ्नो जन्मदिन

मामाघर नेपालमै पुगेर चौलागाईले मनाए आफ्नो जन्मदिन

हेटौंडाः पुष्पलाल मित्रता केन्द्र मकवानपुरका एक जिल्ला सदस्यले आफ्नो जन्मदिन हेटौंडा–११ डाङडुड्डेस्थित मामाघर नेपालमा पुगेर मनाउनुभएको छ ।

मामाघर नेपालमा रहेका भन्जाहरुसँगै जिल्ला सदस्य मोहन चन्द्र चौलागाईले आफ्नो जन्मदिन मनाउनुका साथै मामाघर नेपाललाई सहयोग पनि गर्नुभएको छ ।

उहाँले मामाघर नेपालााई चामल १ बोरा, दाल २ किलो, चना १ किलो, बिस्कुट ४ प्याकेट सहयोग गर्नुभएको मामाघर नेपालले जनाएको छ ।

मामाघर नेपालमा आज चौलागाईसहित करन खतिवडा, मनोज पोखरेल, देवीराम लामा लगायतको पनि उपस्थिती रहेको थियो ।

Exit mobile version