हेटौंडाः हेटौंडा—१६, हटियास्थित जनप्रिय माविको आयोजनामा बिहीबार एक दिवसीय मुक्तक लेखन प्रशिक्षण कार्यक्रम भएको छ । जनप्रिय माविका प्रधानाध्यापक नमराज अर्यालको सभाध्यक्षमा भएको भर्चुअल प्रशिक्षणमा साहित्य संगम मकवानपुरका सचिव डिबी बर्तौलाले प्रशिक्षक रहनुभएको थियो । प्रशिक्षणको सहजीकरण शिक्षक रबिन श्रेष्ठले गर्नु भएको थियो ।

प्रशिक्षणमा प्रगति मावि, ज्ञानोदय मावि, जिएस निकेतन, अमर मावि, कृष्ण आदर्श विद्यालयका कक्षा ८, ९ र १० का ४० जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रशिक्षणमा सकारात्मक चिन्तन सम्बन्धमा पनि विद्यार्थीसँग छलफल भएको सचिव डिबी बर्तौलाले बताउनुभयो । कार्यक्रममा शिक्षकहरु कल्याण कृष्ण प्याकुरेल, कैलाश धिताल, साहित्यकार ओमकुमारी रानाभाट, भवानी तिमल्सिना, किसन पौडेल लगायतले पनि सहभागिता जनाउनुभएको थियो ।

अहिले विद्यालय नियमित सञ्चालन हुन नसकेको बेला जनप्रिय माविले अतिरिक्त क्रियाकलापको रुपमा विविध विषयसँग सम्बन्धित व्यक्तित्वलाई अतिथिको रुपमा सहभागी गराएर भर्चुअल माध्यमबाट विद्यार्थीसँग प्रशिक्षण, अभिमुखीकरण तथा अन्तरक्रिया गरिरहेको छ ।