हेटौंडाः मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा अहिले रक्तदान कार्यक्रम भइरहेको छ । लियो क्लब अफ थाहा, लायन्स क्लब अफ थाहा र थाहा जेसिसको संयुक्त आयोजनामा आज रक्तदान कार्यक्रम भएको हो ।

थाहा नगरपालिका–३ मा अहिले भइरहेको रक्तदान कार्यक्रममा हालसम्म १ सय १७ जनाले रक्तदान गरिसकेका छन् । १ सय ५० जनाले रक्तदान गर्ने भएकोमा हालसम्म १ सय १७ जनाले रक्तदान गरिसकेको थाहा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख मेघ राज बलामीले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा आज थाहामा रक्तदान कार्यक्रम भइरहेको उहाँले बताउनुभयो ।