हेटौंडाः हेटौंडामा आज १ सय ४७ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ ।

हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डबाट आज १४ जना कोरोना सङ्क्रमितको पुनः परिक्षण गर्न र नयाँ व्यक्ति १ सय ३३ जनाको स्वाबको नमूना सङ्कलन गरिएको आइसोलसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो ।

उनीहरुको स्वाबको नमुना परिक्षणको लागि हेटौंडा–१०, स्थित प्रादेशिक कोरोना प्रयोगशालामा पठाइएको उहाँले बताउनुभयो ।