हेटौंडाः त्रिभुवन राजपथको हेटौंडा–१ सामरीमा आज बिहान ट्रिपरले ठक्कर दिएर विजुलीको पोल ढालेपछि सुपारीटार व्यारेक, गढी, आमभञ्ज्यागङ लगायतका स्थानहरुमा अवरुद्ध भएको विद्युत लाईन सुचारु भएको छ ।

नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरका अनुसार आधी घण्टा अगाडिबाट सेवा पुनः सुचारु भएको हो ।

आज बिहान ना. १ क ६५७९ नम्बरको ट्रिपरको ठक्करबाट सामरी पुल वारी ग्रामीण फिडर ११ केभी लाईनको पोल ढलेको थियो । दिनभर मर्मर गरेपछि पुनः विद्युत सुचारु गरिएको उहाँले जानकारी दिनुभयो ।