Home मुख्य समाचार अवरुद्ध भएको विद्युत लाइन सुचारु

अवरुद्ध भएको विद्युत लाइन सुचारु

हेटौंडाः त्रिभुवन राजपथको हेटौंडा–१ सामरीमा आज बिहान ट्रिपरले ठक्कर दिएर विजुलीको पोल ढालेपछि सुपारीटार व्यारेक, गढी, आमभञ्ज्यागङ लगायतका स्थानहरुमा अवरुद्ध भएको विद्युत लाईन सुचारु भएको छ ।

नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरका अनुसार आधी घण्टा अगाडिबाट सेवा पुनः सुचारु भएको हो ।

आज बिहान ना. १ क ६५७९ नम्बरको ट्रिपरको ठक्करबाट सामरी पुल वारी ग्रामीण फिडर ११ केभी लाईनको पोल ढलेको थियो । दिनभर मर्मर गरेपछि पुनः विद्युत सुचारु गरिएको उहाँले जानकारी दिनुभयो ।

Exit mobile version