फाइल तस्वीर ।

हेटौंडाः हटौंडा—४, कर्रास्थित आइसोलेसन वार्डबाट आज १ सय ४५ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ । स्वाब सङ्कलन गरेर परीक्षणका लागि हेटौंडा—१० स्थित प्रादेशिक कोरोना प्रयोगशालामा पठाइएको छ ।

आज कोरोना सङ्क्रमितहरुको सम्पर्कमा आएकाहरुको पहिचान (कन्ट्याक्ट ट्रेसिङ) गरी कोरोना परिक्षणका लागि १ सय २१ जनाको स्वाब सङ्कलन गरिएको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो । त्यस्तै आज २४ जना उपचाररत रहेका कोरोना सङ्क्रमितहरुको पुनः परीक्षणका लागि स्वाब नमुना सङ्कलन गरिएको छ ।

कर्रास्थित आइसोलेसन वार्डबाट प्रादेशिक कोरोना प्रयोगशालामा १८ र १९ गते पठाइएको ३ सय ३२ वटा स्वाबको रिपोर्ट आउन बाँकी रहेको छ । ति स्वाबको रिपोर्ट आज बेलुकासम्म आउने जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताउनुभयो ।