हेटौंडाः मकवानपुर जिल्ला साईक्लिङ्ग सङ्घले फुड बैंकलाई सहयोग गरेको छ । साइक्लिङ्ग सङ्घले हेटौंडा–४, कपुर कम्प्लेक्स अगाडि मदन भण्डारी फाउण्डेसन मकवानपुरद्वारा सञ्चालित फुड बैंकलाई आज १४ हजार पाँच सय रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेको हो ।
मदन भण्डारी फाउण्डेसन मकवानपुर अध्यक्षका रघुनाथ खुलालले सङ्घको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुहुँदै प्राप्त राहत सामग्रीलाई कोरोना महामारीका कारण दैनिक हात मुख जोड्न समस्या परेका विपन्न श्रमजीवी परिवारको पहिचान गरी वितरण गर्ने बताउनुभयो । मकवानपुर जिल्ला साइक्लिङ्ग सङ्घका अध्यक्ष संगीत श्रेष्ठले मानवीय सहयोगको कार्यमा जोडिन पाउँदा सङ्घमा आवद्ध सबै सदस्यले खुसी महसुस गरेको र आगामी दिनमा पनि यस किसिमका सामाजिक कार्यहरुमा सङ्घको सहयोग रहने बताउनुभयो ।
खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रममा भीमफेदि गाउँपालिकाका अध्यक्ष हिदम लामा, हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नविन सिग्देल, जिल्ला खेलकुल विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा लगायत साइक्लिङ्ग सङ्घका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।