हेटौंडा–४, कपुर कम्प्लेक्स अगाडिको फुड बैंकमा खाद्यान्न हस्तान्तरण गर्दै ।

हेटौंडाः हेटौंडामा सञ्चालनमा रहेको दुईवटा फुड बैंकलाई मदन भण्डारी एकेडेमी परिवारले खाद्यान्न सामग्री सहयोग गरेको छ । आज बिहान हेटौंडा–४, कपुर कम्प्लेक्समा सञ्चालित फुड बैंकलाई ५० बोरा चामल र २ बोरा दाल सहयोग गरेको मदन भण्डारी एकेडेमी परिवारले हेटौंडा–५, सानोपोखरामा सञ्चालित फुड बैंकलाई १० बोरा चामल सहयोग गरेको छ ।

हेटौंडा–५, सानोपोखरामा सञ्चालित फुड बैंकमा खाद्यान्न हस्तान्तरण गर्दै ।

हेटौंडा–४, कपुर कम्प्लेक्स अगाडि मदन भण्डारी फाउण्डेसनले फुड बैंक सञ्चालन गरेको हो भने हेटौंडा–५, सानोपोखरामा खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबले फुड बैंक सञ्चालन गरेको हो । मदन भण्डारी एकेडेमी परिवारले मदन भण्डारी फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलाललाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो । खाद्यान्न हस्तान्तरण कार्यक्रममा मदन भण्डारी एकेडेमीमा आवद्ध विभिन्न संस्थाका पदाधिकारीको सहभागिता रहेको थियो ।