कृषि विकास बैंकको सहयोगमा जडान गरिएको फिल्टर ।

हेटौँडा : कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकास्थित आमाघर आश्रमलाई खानेपानी शुद्धीकरण गर्ने फिल्टर हस्तान्तरण गरेको छ । बैंकको बागमती प्रदेश निर्देशनालयमार्फत आमाघरलाई पानी प्रशोधन गर्ने फिल्टर प्रदान गरेको हो ।

गत शुक्रबार (बैशाख २५ गते) कृषि विकास बैंकको बजार प्रवद्र्धन विभागकी प्रमुख बिना शर्मा र बागमती प्रदेश निर्देशनालयका निर्देशक रामप्रसाद गजुरेलले आमाघरलाई फिल्टर हस्तान्तरण गर्नुभएको हो । २ लाख २० हजार मूल्य बराबरको फिल्टर हस्तान्तरण गरिएको निर्देशक गजुरेलले बताउनुभयो ।

सहयोग सामग्री हस्तान्तरणपछि खिचिएको तस्वीर ।