सांकेतिक चित्रः गुगल ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–६, गडुवानमा एक बालक मृत फेला परेका छन् ।

भदौ १३ गतेदेखि हराइरहेका ९ वर्षीय मनिष भोलन आज बिहान गडुवान खोला छेउको झाडीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ । प्रहरी प्रवक्ता रानाका अनुसार भोलनको शव हेटौंडा अस्पताल ल्याएर पोष्ट मार्टमको तयारी भइरहेको छ । पोष्ट मार्टमपछि घटनाको अनुसन्धान थप फराकिलो हुने प्रहरीको भनाइ छ ।