हेटौंडाः बागमती प्रदेशमा आज ७ हजार ८ सय ९० जना कोरोना सङ्क्रमितहरु आइसोलेसनमा बसेका छन् ।
संस्थागत आइसोलेसन र घरकै आइसोलेसनमा उनीहरु बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा.जागेश्वर गौतमले बताउनुभयो ।
उहाँका अनुसार आज बागमती प्रदेशको संस्थागत आइसोलेसनमा ५ हजार ५ सय ७५ जना र घरमै आइसोलेसनमा २ हजार ३ सय १५ जना बसेका छन् ।