अन्तरक्रियामा सहभागी हुनुहुँदै वरिष्ठ अधिवक्ता इश्वरराज ढकाल ।

हेटौँडा : कानून दिवसको अवसरमा ‘कानूनको शासन र कल्याणकारी राज्य’ विषय अन्तरक्रिया भएको छ । स्नातक तहमा कानून विषयको अध्यापन गराउन सुरु गरेको हेटौँडा–४ स्थित हेटौँडा क्याम्पसको आयोजनामा शनिबार बिहान अन्तरक्रिया भएको हो ।

कार्यक्रममा सहभागीले विधिको शासन स्थापित हुनुपर्नेमा जोड दिए । राज्य बोलिको भरमा नभई कानूनको भरमा चल्नुपर्ने सहभागीको भनाइ थियो । कार्यक्रममा वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको सभाध्यक्षतामा भएको अन्तरक्रियामा बागमती विश्वविद्यालयका रजिष्ट्रार कुशुमराज सुवेदीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा क्याम्पस प्रमुख देवचन्द्र मानन्धर, वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्ले, अधिवक्ता मुकुन्द अधिकारी लगायतको आतिथ्य रहेको थियो । हेटौँडा क्याम्पसमा स्नातक तह प्रथम वर्षमा कानून विषय अध्ययनरत विद्यार्थी पनि अन्तरक्रियामा सहभागी थिए ।