हेटौंडाः देशभर पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५४ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा आजसम्म २५ हजार ५ सय ६१ जनाले कोरोना भाइरसलाई जितेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ५९ जनामा कोरोना पुष्टि भएको छ । आज ४ सय ६२ महिला सहित ८ सय ९२ पुरुषमा कोरोना पुष्टि भएलगत्तै देशमा कोरोना सङ्क्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।