हेटौँडा : मकवानुपरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि काठमाडौंको चित्लाङ फुटबल क्लब र सर्लाहीको बागमती युथ क्लब भिड्दैछ । खेल दिउँसो ३ः३० बजेदेखि बागमती–४ स्थित सहिद स्मृति रङ्शालामा हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र विधागत उत्कृष्टहरुले २५–२५ हजार रुपैयाँको व्यवस्था गरिएको छ । बुधबार भएकोे पहिलो सेमिफाइनल खेलमा ललितपुरको फ्रेन्ड्स क्लबलाई हराउँदै बागमती युथ गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । यस्तै, बिहिबार भएको दोस्रो सेमिफाइनल खेलमा सिमराको नवजनजागृति क्लबलाई पराजित गर्दै चित्लाङ फाइनलमा स्थान बनाएको हो ।











